३ करोड इँट्टा उत्पादन गर्ने लक्ष्यसहित हरिसिद्धि इँट्टा कारखाना पूर्ण सञ्चालनमा

<p>काठमाडौं । हरिसिद्धि इँट्टा तथा टायल कारखानाले आफ्नो उत्पादन क्षमता बढाउने लक्ष्यसहित पूर्ण रुपमा सञ्चालनमा ल्याएको छ । उक्त कारखानाले पुनःनिर्माणलाई मध्येनजर गर्दै डबल डि एयरिङ प्रविधि प्रयोग गरेर वार्षिक ३ करोड उच्च गुणस्तरको इँट्टा उत्पादन गर्ने लक्ष्य लिइ सञ्चालनमा ल्याएको हो । ३०० जना कर्मचारी तथा मजदुरहरु कार्यरत रहेको कारखानामा आठ हजार शेयरधनीहरु रहेका छन् [&hellip;]</p>

काठमाडौं । हरिसिद्धि इँट्टा तथा टायल कारखानाले आफ्नो उत्पादन क्षमता बढाउने लक्ष्यसहित पूर्ण रुपमा सञ्चालनमा ल्याएको छ । उक्त कारखानाले पुनःनिर्माणलाई मध्येनजर गर्दै डबल डि एयरिङ प्रविधि प्रयोग गरेर वार्षिक ३ करोड उच्च गुणस्तरको इँट्टा उत्पादन गर्ने लक्ष्य लिइ सञ्चालनमा ल्याएको हो ।

३०० जना कर्मचारी तथा मजदुरहरु कार्यरत रहेको कारखानामा आठ हजार शेयरधनीहरु रहेका छन् । चिनियां सरकारको सहयोगमा निर्माण गरिएको हरिसिद्धि इँट्टा तथा टायल कारखाना विक्रम संवत् २०४९ सालमा निजीकरण गरिएको थियो ।

हरिसिद्धि इँट्टा तथा टायल कारखानाबाट उत्पादित इँट्टा तथा टायल मार्फत देशकै गौरवपूर्ण भवनहरु निर्माण गरिएका थिए । महाराजगञ्ज शिक्षण अस्पताल, रामशाहपथ स्थित कृषि विकास बैंकको केन्द्रिय कार्यालय, त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल, होटेल हायात रिजेन्सी, होटेल याक एण्ड यति, होटेल सोल्टी, सिंहदरबार स्थित राष्ट्रिय बाणिज्य बैंकको केन्द्रिय कार्यालय जस्ता भवन संरचनाहरु हरिसिद्धि कै इँट्टा तथा टायलबाट बनिएका हुन् ।

हरिसिद्धि इँट्टा तथा टायल कारखाना व्यवस्थापनका अनुसार कारखाना निजीकरण पश्चात कारखानाको क्षमता विस्तार गरी चिनियां प्रविधि मार्फत इँट्टा तथा टायल उत्पादन सुरु गरिएको थियो । तर उच्च लोडसेडिङ र कच्चा पदार्थ अभावका कारणले गर्दा केही वर्ष इँट्टा तथा टायल उत्पादनमा ह्रास आएको थियो ।

निजी आवास तथा व्यावापारिक महत्वका ठुला भवनहरु निर्माणलाई लक्षित गरी कारखानाले गुणस्तरीय इँट्टा उत्पादन गरिरहेको हरिसिद्धि इँट्टा तथा टायल कारखाना व्यवस्थापनले जनाएको छ । व्यवस्थापनका अनुसार सम्पदा पुनः निर्माणको लागि समेत सम्पदा अनुकुलका इँट्टा तथा टायल उत्पादन भइरहेका छन् ।

Share News