इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको पच्चिसौं वार्षिक साधारणसभा सम्पन्न, खुद मुनाफा करिब १३ कराेड

<p>काठमाडौं। इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको पच्चिसौं बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ। सभामा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष शशिराज पाण्डेले यस आर्थिक बर्षको अन्त्यमा कम्पनीले संकलन गरेको निक्षेप रु. ४ अर्ब ६३ करोड र कर्जा सापट रु. ४ अर्ब २८ करोड पुगेको तथा यस बर्षको सम्पूर्ण कारोबार पछिको कम्पनीको [&hellip;]</p>

काठमाडौं। इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको पच्चिसौं बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ।

सभामा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष शशिराज पाण्डेले यस आर्थिक बर्षको अन्त्यमा कम्पनीले संकलन गरेको निक्षेप रु. ४ अर्ब ६३ करोड र कर्जा सापट रु. ४ अर्ब २८ करोड पुगेको तथा यस बर्षको सम्पूर्ण कारोबार पछिको कम्पनीको खुद मुनाफा (बोनस तथा कर व्यवस्था पछि) रु. १२ करोड ९९ लाख भएको जानकारी साधारणसभालाई गराए ।

कम्पनीको चुक्ता पूँजी रु.८१ करोड पुगेको तथा साधारणसभामा अनुमोदनको लागि पेश गरिएको उक्त चुक्ता पूजिँका १३ प्रतिशतको लाभाँश बितरण (बोनश शेयर २.३५५ तथा नगद लाभाँश १०.६५५) सम्बन्धी प्रस्तालाई २५ औं साधारणसभाबाट अनुमोदन गरियो ।

प्रतिवेदन प्रस्तुत गर्ने क्रममा अध्यक्ष पाण्डेले बिषम परिस्थितीको बावजुद पनि कम्पनीको व्यवसायीक कारोवार बृद्धि हुनुमा आफ्ना ग्रहकहरुसंगको निरन्तर सम्पर्क लगायत कर्जाको किस्ता तथा व्याज असुलितर्फ प्रभावकारी अनुगमन मुख्य रहेको कुरा बताउनु भयो । कम्पनीले २०७६ आषाढ मसान्तसम्म आफ्ना १३ वटा कार्यालयबाट नेपाल राष्ट्र बैंकको निर्देशन परिधिभित्र रहि व्यवसायीक कार्य गर्दै उक्त बैंकको निर्देशनहरु पूर्णरुपमा पालना गरिएको जानकारी समेत सभालाई गराए।

छलफलको क्रममा शेयरधनीहरुबाट उठाईएका विभिन्न प्रश्न तथा जिज्ञासाहरुको उत्तर अध्यक्षज्यूको अनुमतिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले दिए पश्चात साधारणसभाबाट वित्तीय विवरण लगायत सभामा छलफलका लागि पेश गरिएका साधारण तथा विशेष प्रस्तावहरु सर्वसम्मतबाट पारित भएको थियो।

Share News