काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा शंकरकुमार रायमाझी नियुक्त भएका छन् । सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले रायमाझीलाई सीईओको पदमा नियुक्त गरेको हो ।
नवनियुक्त सीईओ रायमाझीले आगामी चार वर्षसम्म कम्पनीको प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्ने छन् ।
उक्त सीईओ पदमा ६ जनाको आवेदन परेको थियो जसमध्ये २ जना पहिलो चरणबाटै बाहिरिएका थिए । बाँकी ४ मध्येमा रायमाझीलाई नियुक्त गरिएको हो ।
कम्पनीको सीईओ पदको लागि राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारी शंकर रायमाझी, राष्ट्र बैंकको निर्देशकबाट अवकाश भएका अशोक पौडेल, नबिल बैकका पूर्व व्यवस्थापक ज्ञानेश्वर आचार्य, कृषि विकास बैंकका पूर्व कर्मचारी शेषनारायण आचार्य र युनाइटेड इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी शेखर बराल र नेपाल पुनर्बिमा कम्पनीकै पूर्व सीईओ चिरायु राजभण्डारीले आवेदन दिएका थिए ।