श्रममन्त्री राय यादवले गरे बसाइँसराइको चार अभिलेख सार्वजनिक

<p>काठमाडौं । नेपालमा बसाइँसराइ प्रवृत्ति, ढाँचा र संरचनासहित आप्रवासीहरुको आंकलन सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा नेपाल सरकारको समन्वयमा आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आइओएम) को प्राविधिक सहयोगमा उक्त अभिलेख सार्वजनिक गरिएको हो । सान्दर्भिक तथ्यांकहरु प्रस्तुत गरी प्रभावकारी नीति निर्माणमा सहयोग पुर्याउने र बसाइँसराइलाई नेपालको विकास योजना मूल प्रवाहिकरण गर्ने उद्देश्यका साथ [&hellip;]</p>

काठमाडौं । नेपालमा बसाइँसराइ प्रवृत्ति, ढाँचा र संरचनासहित आप्रवासीहरुको आंकलन सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा नेपाल सरकारको समन्वयमा आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आइओएम) को प्राविधिक सहयोगमा उक्त अभिलेख सार्वजनिक गरिएको हो ।

सान्दर्भिक तथ्यांकहरु प्रस्तुत गरी प्रभावकारी नीति निर्माणमा सहयोग पुर्याउने र बसाइँसराइलाई नेपालको विकास योजना मूल प्रवाहिकरण गर्ने उद्देश्यका साथ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले अभिलेख सार्वजनिक गरेका हुन् । कार्यक्रममा बोल्दै श्रममन्त्री यादवले आप्रवासी श्रमिकको हक, अधिकार तथा सुरक्षित श्रम आप्रवासनलाई सरकारले ध्यानमा राखेर रोजगारको नीति अगाडी बढाउने जनाए ।

यस्ता छन् श्रममन्त्री यादवले प्रस्तुत गरेका अभिलेख
श्रममन्त्री रामेश्वर राय यादवले अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरका पहिलो पटक अभिलेख सार्वजनिक गरेका थिए । सो अभिलेख चारमा विभाजन गरिएको छ । उक्त अभिलेखको भाग एकमा नेपालमा बसाइँसराइको प्रवृत्तिबारे तथ्यांक र तिनको विश्लेषण गरिएको छ ।
भग दुईमा बसाइँसराइले सामाजिक, आर्थिक तथा विकासका मूख्य सूचकहरुमा पारेको असरको बारे चर्चा गर्नुको साथै विकासका मूख्य सूचकहरुमा पारेको असरबारे समावेश गरिएको छ । त्यस्तै बसाइँसराइलाई व्यवस्थित गर्ने शासकीय संरचना भाग तीनमा प्रस्तुत गरिएको छ भने अन्तिम तथा चार भागमा नीति निर्माताको लागि सुझाव समावेश गरिएको छ ।

कुनै निकाय छैन प्रवासबाट फर्किने श्रमिकको तथ्यांक
नेपालमा प्रत्येक वर्ष रोजगारका लागि लाखौं युवा परदेशिने गरेका छन् भने धेरै जसो श्रमिक अदक्ष, अर्धदक्ष श्रमिक बाहिरिने गरेका छन् अतिनै कम संख्यामा मात्र वैदेशिक रोजगार सम्बन्धि हरेक क्रियाकलापलाई बुझेर जाने गरेका छन् । वैदेशिक रोजगार विभागले प्रत्येक वर्ष कति युवा वैदेशिक रोजगारमा गए भन्ने तथ्यांक त राख्छ तर कति युवा रोजगारबाट स्वदेश फर्किए भन्ने कुनै अभिलेख छैनन् ।

श्रमका लागि नै दैनिक एकहजार युवा खाडी मुलुकदेखि यूरोप, अमेरिका जस्ता विकसित मूलकमा जाने गर्छन् , तर कति श्रमिक फर्किए त भन्ने तथ्यांक न त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग छ त न कुनै सरकारी निकायसँग नै । हालै मात्र प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) मा मात्रै सन् २०१३ देखि हालसम्म ३८८ वैदेशिक रोजगारमा बाहिरिएका श्रमिकका परिवारले उजुरी गरेका थिए ।

उक्त अभिलेखमा आधारित भई ८१ मुलुकमा बसाइँसराइको तथ्यांक तयार गरेको पाइन्छ । यसमा सरकारी निकाय, नागरिक समाजसँग सम्बन्धित संस्थाहरु, ट्रेड युनियन, अनुसन्धानमुखी संस्था तथा विभिन्न चरणमा परामर्श गरी सो अभिलेख तयार पारिएको हो । सन् २०११ को तथ्यांकलाई हेर्ने हो भने नेपालमा करिब ५० प्रतिशत घरका एक व्यक्ति रोजगारका लागि प्रवासमा छन् ।

Share News