काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा कृष्णप्रसाद दुलाल निर्विरोध चुनिएका छन् । अध्यक्षमा दुलालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध अध्यक्षमा चयन भएका हुन् ।
अर्का अध्यक्षमा चुनाव लड्ने भनेका प्रकाश कपुरीले उम्मेद्वारी नै दर्ता नगरेपछि दुलाल निर्विरोध भएका हुन् । अटोमोबाइल व्यवसायीहरुको छाता संगठनकाे वरिष्ठ उपाध्यक्ष रहेका दुलाल नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य समेत हुन् ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी नेतृत्व चयनका लागि आइतबार मनोनयन दर्ताको समय तोकिएको थियो । अध्यक्षको चयन आज भए पनि यसको औपचारिक घोषणा भने पुस ४ गते हुने नाडाको साधारणसभाबाट घोषणा हुनेछ ।
साथै, नाडाका सर्वसम्मत सदस्यहरुमा करणकुमार चौधरी, आकाश गोल्छा, सुनिल रिजाल, अनुप कुमार बराल, सुरेन्द्र कुमार उप्रेती, विक्रम सिंहानिया, राजनबाबु श्रेष्ठ, निराकार श्रेष्ठ, अभीक ज्योति, मिलन बाबु मल्ल, दीपक कुमार अग्रवाल, सुरज भट्टराई, पंकज अग्रवाल र निलमणि पाठक रहेका छन् । जिल्ला सदस्यहरु ध्रुव बहादुर थापा, सुवास आचार्य, नवराज डल्लाकोटी र ऋषि कुमार ढकाल सर्वसम्मत सदस्यहरु चयन भएका छन् ।