काठमाडौं । घरेलु लघुवित्त वित्तीय संस्थाले रौतहटको चन्द्रपुरमा “ फिल्ड सहायक स्तरीय क्षमता अभिवृद्धि तालिम” सम्पन्न गरेको छ । यस तालिम कार्यक्रममा घरेलु लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद अधिकारी, विभागीय प्रमुखहरु सोनाम शेर्पा, प्रदिप घिमिरे र अन्जना प्याकुरेलको सहभागिता रहेको थियो ।
यस संस्थाले स्थापनाको छोटो समयमा नै ११ जिल्लाहरुमा १३ शाखा कार्यालयहरु मार्फत २०७६ कात्र्तिक मसान्तसम्ममा ४ हजार भन्दा बढि घरपरिवारहरुमा सेवा विस्तार गर्दै १८ करोड भन्दा बढी लगानी गरेको छ ।
तालिमका सहभागीहरुलाई स्वागत गर्दै तालिम सञ्चालनको उद्देश्य लघुवित्त कार्यक्रमको वर्तमान अवस्था, जोखिम व्यवस्थापन तथा कर्मचारी उत्प्रेरणाको बारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद अधिकारीले प्रकाश पारेका थिए ।
यस कार्यक्रममा लघुवित्त कार्यक्रम, कर्जा तथा जोखिम सम्बन्धि आवश्यक जानकारीहरुको बारेमा विभागिय प्रमुख सोनाम शेर्पा, जनशक्ति व्यवस्थापन तथा कार्य सञ्चालन सम्बन्धि आवश्यक जानकारीहरुको बारेमा विभागिय प्रमुख प्रदिप घिमिरे, लेखा तथा योजना सम्बन्धि आवश्यक जानकारीहरुको बारेमा विभागिय प्रमुख श्री अन्जना प्याकुरेलले सहजीकरण गरेका थिए ।
यस क्रममा लघुवित्त कार्यक्रमको मुटु भनेको फिल्ड रहेको तथा फिल्ड को व्यवस्थापक फिल्ड कर्मचारीहरु हुने भएकोले सबैले जिम्मेवार तथा गम्भिर भएर कार्यक्रमको विकास विस्तार तथा गुणस्तर कायम गर्दै आफ्नो व्यक्तिगत तथा शाखाको निर्धारित लक्ष्य हासिल गर्ने प्रतिबद्दता समेत व्यक्त गरिएको थियो ।