नेशनल माइक्रोफाइनान्सका सेयरधनीलाई ७५ प्रतिशत बोनस, लगत्तै ५० प्रतिशत हकप्रद सेयर

<p>काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीलाई ७५ प्रतिशत बोनस सेयर दिने भएको छ । लगत्तै माइक्रोफाइनान्सले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । धादिङमा केन्द्रीय कार्यालय रहेको यस फाइक्रोफाइनान्सको चुक्ता पुँजी १५ करोड रुपैयाँ छ । बोनस सेयरपछि २६ करोड ४० लाख रुपैयाँ हुने छ । त्यस्तै हकप्रद सेयर [&hellip;]</p>

काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीलाई ७५ प्रतिशत बोनस सेयर दिने भएको छ । लगत्तै माइक्रोफाइनान्सले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

धादिङमा केन्द्रीय कार्यालय रहेको यस फाइक्रोफाइनान्सको चुक्ता पुँजी १५ करोड रुपैयाँ छ । बोनस सेयरपछि २६ करोड ४० लाख रुपैयाँ हुने छ । त्यस्तै हकप्रद सेयर निष्काशन गरेपछि चुक्ता पुँजी करिव ४० करोड रुपैयाँ हुनेछ ।

संस्थाको साधारणसभा मंसिर २९ गते धादिङबेसीमा हुँदैछ । मंसिर १५ गतेसम्म सेयर किन्नेले बोनस सेयर पाउने छन् भने १६ गतेदेखि बुक क्लोज हुनेछ । यस संस्थाको सेयर प्रतिकित्ता १७०० रुपैयाँभन्दा बढी मूल्यमा कारोबार भईरहेको छ ।

Share News