
काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवाप्रदायक सेलकम प्रालिको सेलपे सेवाले दोस्रो चरणको स्टल एक्टिभेसन शुरु गरेको छ ।
यो एक्टिभेसन कार्यक्रम नक्साल भाटभटेनिमा कात्तिक २९ र ३० गते, महाराजगञ्ज भाटभटेनिमा मंसिर ६ र ७ गते र पाटन भाटभटेनिमा मंसिर १३र १४ गते १० देखि ५ बजे सम्म कम्पनीले जनाएको छ ।
एक्टिभेसनको मूल उदेश्य ग्राहकहरुसंग अन्तरक्रिया बढाउन र सेलपे एप्प, यसको प्रयोग र फाइदाहरुको बिस्तारमा जानकारी उपलव्ध गराउने रहेका छ । एक्टिभेसनको समयमा सेलपेले स्पोटकेवाईसी प्रमाणिकरण सेवा प्रदान गर्नुका साथै पहिलो बैंक खाता लिंक भए पश्चात रु.१०० को फ्रि टपअप आफ्नो ग्राहकहरुलाई प्रदान गर्ने जनाएको छ ।
सेलपे द्धारा विभिन्न दूरसंचार सेवा, बिजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेश भित्र गरिने मनी ट्रान्सफर आदि वास्तविक समयमा गर्न सकिन्छ ।