लेखापाल र सहायक व्यवस्थापकलाई आरएमडीसीले दियो लेखा तथा अभिलेख ब्यवस्थापन तालिम

<p>काठमाडौँ । आरएमडीसी लघुबित्त बित्तीय संस्था लि. शाखा कार्यालय, इटहरीको आयोजनामा लेखा तथा अभिलेख ब्यवस्थापन सम्बन्धी ३ दिने तालिम गोकर्ण रिसोर्ट सुन्दरहरैचा, मोरङ्गमा सम्पन्न भएको छ । तालिममा आरएमडीसीे इटहरी शाखाको कार्यक्षेत्र भित्रका ११ जिल्लामा रहेका २८ वटा सहकारी संस्थाहरुको लेखापाल तथा सहायक व्यवस्थापक स्तरका २९जना कर्मचारीहरुको सहभागीता रहेको थियो । उक्त तालिम कार्यक्रमको संचालन [&hellip;]</p>


काठमाडौँ । आरएमडीसी लघुबित्त बित्तीय संस्था लि. शाखा कार्यालय, इटहरीको आयोजनामा लेखा तथा अभिलेख ब्यवस्थापन सम्बन्धी ३ दिने तालिम गोकर्ण रिसोर्ट सुन्दरहरैचा, मोरङ्गमा सम्पन्न भएको छ ।

तालिममा आरएमडीसीे इटहरी शाखाको कार्यक्षेत्र भित्रका ११ जिल्लामा रहेका २८ वटा सहकारी संस्थाहरुको लेखापाल तथा सहायक व्यवस्थापक स्तरका २९जना कर्मचारीहरुको सहभागीता रहेको थियो । उक्त तालिम कार्यक्रमको संचालन ईटहरी शाखाका कर्मचारी दिनेश सिरुवालले गरेका थिए भने शाखाका कर्मचारी कृष्णप्रसाद अधिकारीले सहभागीहरुलाई स्वागत गरे । उक्त तालिममा श्रोत ब्यक्तिको रुपमा सहकारी तथा विभिन्न वित्तीय संस्थामा आवद्ध रही लामो समय देखी सेवा पुर्याउदै आएका लिलानाथ निरौलाले भूमिका निर्वाह गरेका थिए ।

लेखाको सिद्धान्त, भौचरको तयारी, लेजर खाता,चार खाता, सन्तुलन परिक्षण, नाफा नोक्सान खाता, वासलत, सानो नगदी कोष, मसलन्द मौज्दात ब्यवस्थापन, बैंक हिसाबमिलान, नाफा नोक्सानको बाँडफाँड, नगद प्रवाह बिबरण, सम्पत्ती खाता, सम्पत्तीको बर्गिकरण, ह्रास कट्टी, कर्जा बर्गीकरण, सहकारीमा आयकरको गणना, श्रोतमा कर कट्टी, कर दाखिला सम्बन्धी छलफलका साथै बित्तीय सूचकहरुको बारेमा छलफल, गणना बिधि र बिश्लेषण बारेमा छलफल तथा अभ्यास गराइएको थियो ।

Share News