एनआईबिएल एस क्यापिटल लिमिटेडको शाखा स्थानान्तरण

<p>काठमाडौँ । एनआईबिएल एस क्यापिटल लिमिटेडको लालदरवार, काठमाडौं स्थित शाखा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड पुतलिसडक शाखा परिसरमा स्थानान्तरण गरी आइतवारदेखि पूर्ण रुपमा सञ्चालनमा आएको छ । लालदरवार स्थित शाखाबाट सम्पादन हुने सम्पूर्ण कार्यहरु नयाँ शाखाबाट हुने जनाइएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको यस सहायक कम्पनीले अहिलेको बजारमा एक अग्रणी कम्पनीको रुपमा [&hellip;]</p>


काठमाडौँ । एनआईबिएल एस क्यापिटल लिमिटेडको लालदरवार, काठमाडौं स्थित शाखा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड पुतलिसडक शाखा परिसरमा स्थानान्तरण गरी आइतवारदेखि पूर्ण रुपमा सञ्चालनमा आएको छ ।

लालदरवार स्थित शाखाबाट सम्पादन हुने सम्पूर्ण कार्यहरु नयाँ शाखाबाट हुने जनाइएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको यस सहायक कम्पनीले अहिलेको बजारमा एक अग्रणी कम्पनीको रुपमा स्थापित भई मर्चेन्ट बैंकिङ्ग अन्तर्गतका सम्पूर्ण सेवाहरु तथा सामूहिक लगानी कोष सेवाहरु विभिन्न संस्थाहरु लगायत सर्वसाधारणहरुलाई प्रदान गर्दै आइरहेको छ ।

आफ्ना ग्राहकहरुको विश्वास र व्यापकतालाई मध्ये नजर गर्दै कम्पनीले भविष्यमा अन्य प्रमुख शहरहरुमा शाखाहरु खोली सेवा विस्तार गर्दै जाने जनाएको छ । कम्पनीले नेपाल इन्भेष्टमेन्ट बैंकका सबै शाखाहरु लगायत यस कम्पनीको पुतलीसडक, काठमाडौं, लगनखेल, ललितपुर; चिप्लेढुङ्गा, पोखरा; विरगंज; विराटनगर; र बुटवल शाखाबाट विभिन्न सेवाहरु उपलव्ध गराईरहेको छ ।

शाखाबाट निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य र सामुहिक लगानी कोष अन्तर्गतका सेवाहरु सहित सम्पूर्ण सेवाहरु प्रदान गरिने हुनाले ग्राहकहरुलाई थप सहज हुने विश्वास लिईएको छ ।

Share News