जनसेवी लघुवित्तले कमायो एक करोड, ३०७ प्रतिशतले नाफा वृद्धि

<p>काठमाडौं । पर्वतको कुश्मामा केन्द्रीय कार्यालय रहेको जनसेवी लघुवित्तले आव ०७६/०७७ को प्रथम त्रैमासिकमा १ करोड १८ हजार नाफा हासिल गरेको छ । गत आवको प्रथम त्रैमासिकमा रु.३२ लाख ६३ हजार नाफा आर्जन गरेको वित्तीय संस्थाले गत आवको सोही अवधिको तुलनामा ३०७ प्रतिशतले नाफामा वृद्धि गरेको प्रमुख कार्यकारी अधिकृत कमलबहादुर खत्रीले बताए । यो आवको [&hellip;]</p>

काठमाडौं । पर्वतको कुश्मामा केन्द्रीय कार्यालय रहेको जनसेवी लघुवित्तले आव ०७६/०७७ को प्रथम त्रैमासिकमा १ करोड १८ हजार नाफा हासिल गरेको छ ।

गत आवको प्रथम त्रैमासिकमा रु.३२ लाख ६३ हजार नाफा आर्जन गरेको वित्तीय संस्थाले गत आवको सोही अवधिको तुलनामा ३०७ प्रतिशतले नाफामा वृद्धि गरेको प्रमुख कार्यकारी अधिकृत कमलबहादुर खत्रीले बताए ।

यो आवको प्रथम त्रैमासमा लगानी तर्फ रु.६९ करोड ८२ लाख तथा १८ हजार सदस्यलाई वित्तीय संस्थामा आबद्ध गराई रु.२१ करोड ३० लाख बचत रकम संकलन गर्न सफल भएको बताइएको छ ।

हाल २५ वटा शाखा कार्यालयहरु मार्फत कार्यक्रम विस्तार गर्दै आईरहेको यस वित्तीय संस्था कालिका लघुवित्तसंगको मर्जर प्रकृयामा लगभग अन्तिम अवस्थामा रहेको प्रमुख कार्यकारी अधिकृत खत्रीले बताए ।

आव ०७४/०७५ मा रु.९ करोड ८० लाख चुक्ता पुँजी रहेकोमा आव ०७५/०७६ मा सर्वसाधारणमा शेयर जारी गरी रु.४ करोड ४३ लाख ३० हजार शेयर रकममा वृद्धि गरी हाल कुल चूक्ता पुँजी रु.१४ करोड ४३ लाख ३० हजार पुर्याएको जनाएको छ ।

वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमा नै १८ हजार भन्दा बढी सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै वित्तीय सक्षमतामा आफुलाई सफल र सक्षम संस्थाको रुपमा स्थापित गराउन सफल भएको छ ।

Share News