
काठमाडौं । १५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रयोजनका लागि एनएमबि माइक्रोफाइनान्सको शेयरमूल्य समायोजन भएको छ । बुधबारसम्म शेयर किताब खातामा आफ्नो नाम भएका शेयरधनीलाई हकप्रद शेयरको आवेदनमा सहभागी हुन पाउनेगरी उक्त मूल्य समायोजन भएको हो ।
बुधबार उक्त माइक्रोफाइनान्सको ११०५ रुपैंयामा नेप्सेमा अन्तिम कारोबार भएको थियो । १५० प्रतिशत हकप्रदपछि उक्त शेयरको मूल्य ५०२ रुपैंया कायम भएको छ ।
एनएमबिको हकप्रद शेयर यही कात्तिक २४ गतेदेखि निष्कासन हुँदैछ । करिब १६ करोड रुपैंया चुक्तापुँजी भएको उक्त कम्पनीको पुँजी सो हकप्रदपछि ४० करोड रुपैंया नाघ्नेछ । पोखराको मिलनचोक केन्द्रीय कार्यालय भएको एनएमबि माचइक्रोफाइनान्स एनएमबि समूह अन्तर्गतको लघुवित्त संस्था हो ।