
काठमाडौँ । सेयर लगानीकर्ताका दुई संगठनले पूँजी बजारको अध्ययन गरेका र अनुभवी व्यक्तिलाई नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न माग गरेका छन् ।
नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार र शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले विहीबार विज्ञप्ति प्रकाशित गर्दै प्राविधिक ज्ञान र सीपमा पूर्ण दख्खल भएको व्यक्तिलाई बोर्डको अध्यक्षमा नियुक्त गरी सेयर बजारको समस्या समाधानको पहल गर्न अर्थमन्त्री समक्ष माग गरिएको हो ।
हाल अर्थतन्त्रको ऐनाको रुपमा रहेको सेयर बजार निरन्तर घटिरहेको र लगानीकर्ताको अर्बौँको सम्पत्ति गुमेको कुरा समेत विज्ञप्ति मार्फत ध्यानाकर्षण गराइएको छ । बोर्डका तत्कालीन अध्यक्ष डा. रेवतबहादुर कार्कीको ४ वर्षे कार्यकाल सकिएपछि हाल उक्त पद रिक्त रहेको छ ।