काठमाडौं । नेपाल बैंकको सञ्चालकमा सावित्री श्रेष्ठ नियुक्त भएकी छिन् ।
नेपाल सरकार, अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको पत्रानुसार श्रेष्ठलाई सञ्चालक समितिको सदस्यमा नियुक्त गरिएको कम्पनी सचिव केशवप्रसाद भण्डारीले जनाएका छन् ।