उपभोक्ता ठग्ने १५ व्यापारिक फर्म कारबाहीमा, कुन कुन परे ?

<p>वीरगञ्ज । वीरगञ्जस्थित गुणस्तर तथा नापतौल कार्यालयले नापतौल अनुमति नलिइ वर्षौंदेखि उपभोक्तालाई ठग्दै आएका बारा र पर्साका १५ व्यापारिक फर्ममा छापामारी कारबाही प्रक्रिया अगाडि बढाएको छ । उद्योग स्थापनाकालदेखि हालसम्म नापतौल अनुमतिपत्र नलिएको, नापतौल यन्त्र जाँच नगरेको, उपभोक्तालाई ठग्दै आएको र राजश्व छलि गरेको देखिएपछि कारबाही थालिएको हो । पर्साका पोखरीया नगरपालिकास्थित सञ्जिव एण्ड विजय [&hellip;]</p>

वीरगञ्ज । वीरगञ्जस्थित गुणस्तर तथा नापतौल कार्यालयले नापतौल अनुमति नलिइ वर्षौंदेखि उपभोक्तालाई ठग्दै आएका बारा र पर्साका १५ व्यापारिक फर्ममा छापामारी कारबाही प्रक्रिया अगाडि बढाएको छ । उद्योग स्थापनाकालदेखि हालसम्म नापतौल अनुमतिपत्र नलिएको, नापतौल यन्त्र जाँच नगरेको, उपभोक्तालाई ठग्दै आएको र राजश्व छलि गरेको देखिएपछि कारबाही थालिएको हो ।

पर्साका पोखरीया नगरपालिकास्थित सञ्जिव एण्ड विजय जेनेरल स्टोर, कुशवाहा विज भण्डार, सञ्जय किराना पसल, किशन बीज भण्डार विनोद किराना पसल तथा बाराका बहुवरीमा रहेको महावीर प्लाष्टिक उद्योग, न्यू शङ्कर टेक्स्टाइल इण्डष्ट्रिज, प्रोग्रेसिभ आइरन स्टोर, कोहिनुर टेक्स्टायल, हिमालय स्टेशनरी एण्ड पेपर मिल, पे्रस्टिज म्याट उद्योग, प्रेस्टिज फुटवेयर इण्डष्ट्रिज, विनायक वायर उद्योग, बालाजी इण्डष्ट्रिज र अनटेलान्टिक टेक्स्टाइललाई कारबाही गरिएको छ ।

ती फर्मलाई तीन दिनभित्र कार्यालयमा हाजिर हुन भनिए पनि हाजिर नभई अटेर गरेकाले स्टेण्डर नापतौल ऐन २०२५ को दफा ३० (१) अन्तर्गत रु १० हजार जरिवाना र एक वर्ष कैदको व्यवस्था गरिएको कार्यालय प्रमुख शशिभूषण यादवले बताएका छन् । फर्मका सञ्चालकलाई प्रहरी लगाएर पक्राउ गरिनेसमेत उनले जानकारी दिए । रासस

Share News