गुरु नानकको ५५० औं जन्मदिनको अवसरमा सिक्का सार्वजनिक

<p>काठमाडौँ । गुरु नानकको ५५० औं जन्मदिनको अवसर पारेर नेपाल राष्ट्र बैंकले रु. १००, १००० र २५०० को सिक्का सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर चीरञ्जीवी नेपाल र नेपालका लागि भारतीय राजदुत मञ्जीवसिंह पुरीले एलफ्ट काठमाडौं ठमेलमा सिक्का सार्वजनिक गरेका हुन् । सिख समुदायका प्रख्यात सदस्यहरूको साथमा “सिख हेरिटेज अफ नेपाल”नामक पुस्तक पनि विमोचन [&hellip;]</p>


काठमाडौँ । गुरु नानकको ५५० औं जन्मदिनको अवसर पारेर नेपाल राष्ट्र बैंकले रु. १००, १००० र २५०० को सिक्का सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका गभर्नर चीरञ्जीवी नेपाल र नेपालका लागि भारतीय राजदुत मञ्जीवसिंह पुरीले एलफ्ट काठमाडौं ठमेलमा सिक्का सार्वजनिक गरेका हुन् ।

सिख समुदायका प्रख्यात सदस्यहरूको साथमा “सिख हेरिटेज अफ नेपाल”नामक पुस्तक पनि विमोचन गरिएको थियो । ५०० वर्ष अगाडि गुरुनानकले काठमाडौंको बाहिरी इलाका बालाजु क्षेत्रमा भ्रमण गरेका थिए भन्ने विश्वास गरिन्छ ।

Share News