एनआईसी एशिया क्यापिटलको एजीएम सम्पन्न, ११ प्रतिशत नगद लाभांश पारित

<p>काठमाडौँ । एनआईसी एशिया क्यापिटल लिमिटेडको तेश्रो वार्षिक साधारण सभा(एजीएम) बुधबार सम्पन्न भएको छ । सभाले साधारण प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७५/०७६ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै असार मसान्त २०७६ सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण छलफल गरी पारित गरेको छ । साथै, उक्त सभाले संचालक [&hellip;]</p>


काठमाडौँ । एनआईसी एशिया क्यापिटल लिमिटेडको तेश्रो वार्षिक साधारण सभा(एजीएम) बुधबार सम्पन्न भएको छ ।

सभाले साधारण प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७५/०७६ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै असार मसान्त २०७६ सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण छलफल गरी पारित गरेको छ ।

साथै, उक्त सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्तापूँजीको ११ प्रतिशतका(कर सहित) दरले हुन आउने रु.२,२०,००,०००/–(अक्षेरेपी दुई करोड बीस लाखमात्र) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले जनाएका छन् ।

Share News