
काठमाडौँ । संबिधान दिवसको अवसरमा मञ्जुश्री फाइनान्स लिमिटेड, मुख्य शाखा नयाँँबानेश्वरले निसाह्य सेवा सदनलाई सहयो उपलब्ध गराएको छ ।
नायब प्रमुख कार्यकारी अधिकृत नारायण सुबेदीको अगुवाईमा निःसाह्य सेवा सदन शान्तिनगरलाई जेष्ठ नागरिक उपचार कोषको लागि आर्थिक सहयोग तथा जेष्ठ नागरिकको लागि खाद्यान्न र लत्ताकपडा वितरण गरिएको हो ।
साथै मन्जुश्री फाइनान्स लिमिटेडका शाखा कार्यालयहरुबाट पनि संबिधान दिवसको अवसर पारेर विभिन्न सामाजिक संस्थाहरुको लागि सहयोग उपलब्ध गराएको जनाइएको छ ।