नेप्से परिसूचक अस्थिर, २२ अंकले बढेको बजार १२ अंकमा झर्यो

<p>काठमाडौ । अर्थमन्त्री डा. युवराज खतिवडाको अभिव्यक्तिका कारण मंगलबार एकाएक उचालिएको सेयर बजार साताको चौथो दिन अस्थिर देखिएको छ । साताको चौथो दिन आज सेयर बजारमा कारोबार शुरु भएको एक घण्टामै २२ अंक उकालो लागेर पुनः तल ओर्लिएको छ । बिहान ११ बजे बजार खुल्दा ११५०.६६ अंकको परिसूचक ११ बजेर २६ मिनेट जाँदा ११७२.५९ अंकमा [&hellip;]</p>


काठमाडौ । अर्थमन्त्री डा. युवराज खतिवडाको अभिव्यक्तिका कारण मंगलबार एकाएक उचालिएको सेयर बजार साताको चौथो दिन अस्थिर देखिएको छ ।

साताको चौथो दिन आज सेयर बजारमा कारोबार शुरु भएको एक घण्टामै २२ अंक उकालो लागेर पुनः तल ओर्लिएको छ ।
बिहान ११ बजे बजार खुल्दा ११५०.६६ अंकको परिसूचक ११ बजेर २६ मिनेट जाँदा ११७२.५९ अंकमा पुगेको थियो । बजार खुलेको आधा घण्टा नबित्दै २२ अंकले बढेको थियो ।

१२ बजेर २० मिनेट १२.५२ अंकले बजार बढेको छ र परिसूचक ११६३.२६ अंकमा पुगेको छ ।

मंगलबार कर्मचारी संचय कोषको ५८ औं बार्षिकोत्सव समारोहमा अर्थमन्त्री खतिवडाले सेयरमा लगानी गर्ने उपयुक्त समय आएको अभिव्यक्ति दिएपछि २ दिनसम्म लगातार दोहोरो अंकले घटेको बजार एकाएक २७ अंकले बढेको थियो ।

 

Share News