प्रोग्रेशिभ फाइनान्सको शाखा पोखरामा

<p>काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले पोखरा महानगरपालिका४ चिप्लेढुङ्गामा नयाँ शाखाको विस्तार भएको छ । आइतबार एक समारोहबीच पोखरा महानगरपालिकाका मेयर मानबहादुर जि.सिले उद्घाटन गरेका हुन । चुक्ता पूँजी ८० करोड १ लाख रुपैयाँ रहेको फाइनान्सले काठमाडौंको तिनकुनेमा कर्पोरेट कार्यालय रही न्यूरोडमा मूख्य शाखा सहित तीनवटा शाखा र ललितपुरको पूल्चोक, महालक्ष्मी स्थान तथा भक्तपुरको ठिमीमा एक्सटेन्सन [&hellip;]</p>

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले पोखरा महानगरपालिका४ चिप्लेढुङ्गामा नयाँ शाखाको विस्तार भएको छ । आइतबार एक समारोहबीच पोखरा महानगरपालिकाका मेयर मानबहादुर जि.सिले उद्घाटन गरेका हुन ।

चुक्ता पूँजी ८० करोड १ लाख रुपैयाँ रहेको फाइनान्सले काठमाडौंको तिनकुनेमा कर्पोरेट कार्यालय रही न्यूरोडमा मूख्य शाखा सहित तीनवटा शाखा र ललितपुरको पूल्चोक, महालक्ष्मी स्थान तथा भक्तपुरको ठिमीमा एक्सटेन्सन काउण्टर मार्फत निरन्तर बित्तीय सेवा प्रदान गर्दै आइरहेको प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईले बताए ।

देशका सवै भूगोलको प्रतिनिधित्व हुनेगरी शाखा बिस्तारको योजना राखेको फाइनान्सले निकट भविष्यमा धनुषा जिल्लाको सबैला, महेन्द्रनगर र सर्लाहीको मलंगवामा नयाँ शाखा संचालनमा ल्याउने योजना रहेको फाइनान्सका अध्यक्ष किशोर कुमार महर्जनले बताए । बित्तीय क्षेत्रमा सरल, सहज र ग्राहकमुखी सेवालाई बढी प्राथमिकतामा राखी बैंकिङ सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको अध्यक्ष महर्जनले बताए ।

कार्यक्रममा पोखरा महानगर वडा नं ४ का अध्यक्ष शंकरप्रसाद वास्तोला, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, ज्यापु समाज यल ललितपुरका पूर्व अध्यक्ष कुललाल डंगोल, रामकाजी अवाले, पूर्व उपाध्यक्ष तीर्थलाल महर्जन, प्रोग्रेशिभ फाइनान्सका संचालक लक्ष्मी प्रसाद महर्जन, शम्भुलाल डंगोल, समुन्द्रकाजी श्रेष्ठ, सबिना महर्जन तथा अनिष महर्जन, फाइनान्सका नायव प्रमुख कार्यकारी अधिकृत महेश्वर पहारी लगायत पोखरा बैकिङ्ग क्षेत्रका प्रमुख, उद्योगी, ब्यापारी, संचारकर्मी र सर्वसाधारण व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाइले बताए ।

Share News