नेप्सेमा ३० करोड ५३ लाख रुपैयाँको कारोबार, सबै सूचक राता

<p>काठमाडौ । सेयर कारोबार हुने साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । नेप्से परिसूचक १२.६१ अंकले घटेको हो । १.०६ प्रतिशतले घट्दा नेप्से परिसूचक ११७८.४६ बिन्दुमा पुगेको हो । आईतबार सेयर बजारमा १६५ कम्पनीले कारोबार गरेका छन् । ११ लाख ७३ हजार ४ सय ८८ कित्ता सेयर किनबेच हुँदा ३० [&hellip;]</p>

काठमाडौ । सेयर कारोबार हुने साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । नेप्से परिसूचक १२.६१ अंकले घटेको हो । १.०६ प्रतिशतले घट्दा नेप्से परिसूचक ११७८.४६ बिन्दुमा पुगेको हो ।

आईतबार सेयर बजारमा १६५ कम्पनीले कारोबार गरेका छन् । ११ लाख ७३ हजार ४ सय ८८ कित्ता सेयर किनबेच हुँदा ३० करोड ५३ लाख १० हजार ७ सय १९ रुपैयाँको कारोबार भएको छ ।  बजार घटेको दिन नेप्सेका सबै सूचक राता देखीएका छन् ।

बैक समूह १०.९६, होटल समूह ९.२२, विकास बैक समूह १५.८२, जलविद्युत समूह १२.९२, वित्तीय समूह ०.२९, निर्जीवन बीमा समूह १०२.२९, उत्पादन मूलक समूह १२.५९, अन्य समूह ७.१५, माइक्रो फाइनान्स ७.५, जीवन बीमा समूह ८५.४४ र म्युचुअल फण्ड ०.०४ अंकले घटेका छन् ।

आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ९.९० प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् ।  यस्तै, पाँचथर पावर कम्प्याण्ट लिमिटेडका लगानीकर्ताले ८.४९ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

Share News