१.३३ अंकले घट्यो नेप्से, २७ करोडको कारोबार

<p>काठमाडौ । सेयर कारोबारका लागि साताको अन्तिम दिन बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । नेप्से परिसूचक १.३३ अंकले घटेको हो ।  ०.११ प्रतिशतले घट्दा नेप्से परिसूचक ११९६.४१ बिन्दुमा पुगेको हो । बिहिबार सेयर बजारमा १७० कम्पनीले कारोबार गरेका छन् । ९ लाख ७५ हजार ८ सय ३४ कित्ता सेयर किनबेच हुँदा २७ करोड [&hellip;]</p>

काठमाडौ । सेयर कारोबारका लागि साताको अन्तिम दिन बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । नेप्से परिसूचक १.३३ अंकले घटेको हो ।  ०.११ प्रतिशतले घट्दा नेप्से परिसूचक ११९६.४१ बिन्दुमा पुगेको हो ।

बिहिबार सेयर बजारमा १७० कम्पनीले कारोबार गरेका छन् । ९ लाख ७५ हजार ८ सय ३४ कित्ता सेयर किनबेच हुँदा २७ करोड ७३ लाख ५९ हजार ६ सय ५९ रुपैयाँको कारोबार भएको छ ।  बजार घटेका दिन नेप्सेका सबै २ सूचक हरियो देखिएका छन् ।  बैक समूह ०.८६ र विकास बैक समूह २.९ अंकले बढेका छन् ।

ट्रेडीङ्ग समूह २.३७, होटल समूह ०.०७, जलविद्युत समूह ३.०४, वित्तीय समूह १.६९, निर्जीवन बीमा समूह १०.७१, उत्पादन मूलक समूह ३२.२२, अन्य समूह ०.१५, माईक्रो फाइनान्स समूह १.८४, जीवन बीमा समूह ५०.२४ र म्यूचुअल फण्ड समूह ०.०२ अंकले घटेका छन । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ९.९८ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् ।  यस्तै, युनाइटेड फाइनान्स लिमिटेड लगानीकर्ताले ६.४१ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

Share News