२१ प्रतिशत बोनस सेयर दिने समीट लघुवित्तको घोषणा

<p>काठमाडौँ । समीट लघुवित्त वित्तीय संस्थाले २१ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले आव २०७५/७६ को नाफाबाट चुक्ता पूँजीको २१ करोडको २१.०९ प्रतिशतले हुन आउने ४ करोड ४३ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने निर्णय गरेको हो । राष्ट्र बैंकको स्वीकृति र संस्थाको वार्षिक साधारण सभाबाट [&hellip;]</p>


काठमाडौँ । समीट लघुवित्त वित्तीय संस्थाले २१ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले आव २०७५/७६ को नाफाबाट चुक्ता पूँजीको २१ करोडको २१.०९ प्रतिशतले हुन आउने ४ करोड ४३ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने निर्णय गरेको हो ।

राष्ट्र बैंकको स्वीकृति र संस्थाको वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र बोनस सेयर वितरण हुने कार्यकारी प्रमुख देबेन्द्रबहादुर बस्नेतले जनाएका छन् ।

Share News