जनता क्यापिटलको एजीएम भदौ २७ गते, ८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित हुने

<p>काठमाडौँ । जनता क्यापिटल लिमिटेडको प्रथम वार्षिक साधारण सभा(एजीएम) भदौ २६ गते हुन भएको छ । कम्पनी सञ्चालन समितिको भदौ ३ गते बसेको बसेको बैठकले जनता बैंक नेपाल लिमिटेडको थापाथली काठमाडौँमा रहेको कार्यालयमा साँझ पौने ६ बजे साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजी २० करोडको [&hellip;]</p>


काठमाडौँ । जनता क्यापिटल लिमिटेडको प्रथम वार्षिक साधारण सभा(एजीएम) भदौ २६ गते हुन भएको छ । कम्पनी सञ्चालन समितिको भदौ ३ गते बसेको बसेको बैठकले जनता बैंक नेपाल लिमिटेडको थापाथली काठमाडौँमा रहेको कार्यालयमा साँझ पौने ६ बजे साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजी २० करोडको ८ प्रतिशतले हुन आउने कर सहित रु. १ करोड ६० लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने जनाइएको छ ।

साथै आव २०७५÷७६को वार्षिक प्रतिवेदन र लेखा परीक्षकको प्रतिवदेनसहित २०७६ असार मसान्तको वासलात र २०७५ साउन १ देखि २०७६ असार मसान्तसम्मको नाफा नोक्सान हिसाव, नाफा नोक्सान बाँडफाँड हिसाव, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने जनाइएको छ ।

Share News