एनआईसी एशिया फण्डमा आवेदन दिने विहीबार अन्तिम दिन

<p>काठमाडौँ । एनआइसी एशिया म्युचुअल फण्डले साउन ८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एनआईसी एशिया फण्डमा आवेदन दिने विहीबार अन्तिम दिन हो । यस योजनाले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १२ करोड ५० लाख इकाई निष्काशन तथा बिक्री खुला गरेको छ । एनआईसी एशिया बैंक कोष प्रबद्र्धक र एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको [&hellip;]</p>


काठमाडौँ । एनआइसी एशिया म्युचुअल फण्डले साउन ८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एनआईसी एशिया फण्डमा आवेदन दिने विहीबार अन्तिम दिन हो ।

यस योजनाले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १२ करोड ५० लाख इकाई निष्काशन तथा बिक्री खुला गरेको छ ।

एनआईसी एशिया बैंक कोष प्रबद्र्धक र एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको यस योजनाको अवधि १० वर्षको रहेको छ । लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम २ करोड ७५ लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।

Share News