नेप्सेमा अनलाइन कारोबार प्रणाली मार्फत बिहीबार धेरै संख्यामा कारोबार

<p>काठमाडौँ । नेपालको पुँजी बजारको इतिहासमै बिहीबार नेप्से अनलाइन कारोबार प्रणालीमार्फत धेरै संख्यामा कारोबार भएको छ । कारोबार विवरण अनुसार बिहीबार २९ हजार ४ सय ९६ कारोबारबाट ४५ करोड ४६ लाख २९ हजार ५ सय ७५ रुपैयाँ बराबरका १८ लाख ७७ हजार ५ सय ४२ कित्ता सेयर किनबेच भएका छन् । बिहीबारको कारोबार संख्यामा रसुवागढी [&hellip;]</p>

काठमाडौँ । नेपालको पुँजी बजारको इतिहासमै बिहीबार नेप्से अनलाइन कारोबार प्रणालीमार्फत धेरै संख्यामा कारोबार भएको छ ।

कारोबार विवरण अनुसार बिहीबार २९ हजार ४ सय ९६ कारोबारबाट ४५ करोड ४६ लाख २९ हजार ५ सय ७५ रुपैयाँ बराबरका १८ लाख ७७ हजार ५ सय ४२ कित्ता सेयर किनबेच भएका छन् ।

बिहीबारको कारोबार संख्यामा रसुवागढी हाइड्रोपावर कम्पनी (कारोबार संख्याः १२५०९) र सान्जेन जलविद्युत कम्पनी (कारोबार संख्याः ११९९१) को सबैभन्दा बढी योगदान रहेको नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का प्रवक्ता मुराहरि पराजुलीले जनाएका छन् ।

Share News