नेको इन्स्योरेन्सको सिईओमा अशोककुमार खड्का,‘अनलाइनबाट बीमा पोलिसी किन्न सक्ने बनाउँछु’

<p>काठमाडौं । नेको इन्स्योेरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदमा अशोककुमार खड्का नियुक्त भएका छन् । खड्का यसअघि सोही कम्पनीको डेपुटी सिईओको रुपमा कार्यरत रहेका थिए । उनको कार्यकाल ४ वर्षको लागि तोकिएको छ । उनलाई बुधबारदेखि सिईआको कार्यभार सम्हाल्ने गरी नियुक्त गरिएको हो । साढे तीन वर्षदेखि नेको इन्स्योरेन्स डेपुटी सिईओको पद सम्हाल्दै आएका [&hellip;]</p>

काठमाडौं । नेको इन्स्योेरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदमा अशोककुमार खड्का नियुक्त भएका छन् । खड्का यसअघि सोही कम्पनीको डेपुटी सिईओको रुपमा कार्यरत रहेका थिए । उनको कार्यकाल ४ वर्षको लागि तोकिएको छ । उनलाई बुधबारदेखि सिईआको कार्यभार सम्हाल्ने गरी नियुक्त गरिएको हो ।

साढे तीन वर्षदेखि नेको इन्स्योरेन्स डेपुटी सिईओको पद सम्हाल्दै आएका खड्काले आफ्नो बीमा बजारलाई डिजिटाइजेशन गर्ने बताए । ‘आम उपभोक्ताले घरमै बसेर बीमा पोलिसी किन्न सक्ने वातावरण बनाउने छु,’ उनले भने- ‘ मेरो प्राथमिकता भनेकै बीमा बजारलाई डिजिटाइजेशन गर्नु हो ।’ साथै नयाँ/नयाँ पोलिसी ल्याएर आम जनमानसलाई सेवा दिने छु ।’ निर्जीवन बीमा क्षेत्रको पहुँच विस्तार गर्न नयाँ क्षेत्रमा प्रवेश गर्ने समेत उनको योजना छ ।

उनले सरकारले लिएको नीति बमोजिम मर्जर प्रक्रियालाई अघि बढाउने योजना सुनाए । ‘नेको अन्य कम्पनीसँग गएर गाभिदैन,’ उनले भने-‘हामी अन्य कम्पनीलाई गाभ्ने छौं । सरकारले लिएको नीतिलाई सघाउन म सधै अग्रसर रहने छु ।’

वि.सं २०५० सालमा तत्कालिन इन्डोसिज बैंक, हालको नेपाल इन्भेष्टमेन्ट बैंक(एनआईबीएल) मा असिटेन्टबाट बैंकिङ करियर शुरु गरेका खड्काले १२ वर्ष सोही बैंकमा काम गरे ।अधिकृतमा काम गर्दै गर्दा एनआईबीएल छाडेका उनले त्यसपछि प्राइम कमर्सियल बैंकमा असिस्टेन्ट म्यानेजरको रुपमा प्रवेश गरेका हुन् । प्राइममा साढे दुई वर्ष काम गरेपछि खड्का स्टाण्डर्ड फाइनान्समा डिजीएम भए ।

स्टाण्डर्ड फाइनान्स माछापुच्छ्रे बैंकमा मर्ज भएपछि त्यहाँ खड्का चिफ म्यानेजर थिए । २०७१ सालमा सल्लाहकार बनेर नेको इन्स्योरेन्स प्रवेश गरेका खड्काले डेढ वर्ष सोही पदमा रहेर कार्य सम्पादन गरे । त्यस यता उनी डेपुटी सिइओ थिए । हाल नेको इन्स्योरन्सको चुक्ता पुँजी एक अर्ब १७ करोड रहेको छ भने कम्पनीले सेयरधनीलाई १२ प्रतिशत बोनस दिने निर्णय गरिसकेको छ । उक्त कम्पनीको सेयर मूल्य आज प्रतिकित्ता ४८३ रुपैयाँ रहेको छ ।

Share News