साउन २४ गतेसम्म हिमाल दोलखाको आईपीओ भर्न सकिने, आगामी वर्षबाटै लाभांश दिने

<p>काठमाडौँ । हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडले गत असारमा निष्काशन साधारण सेयर(आइपीओ) साउन २४ गते सम्ममा मात्र खुल्ला गरिने जनाएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कम्पनीले खुल्ला गरेको ७४ लाख ९३ हजार ७ सय ६६ कित्ता सेयरका लागि साउन २४ सम्ममा मात्र आवेदन दिन सकिने जनाएको हो । आगामी आवदेखि कम्पनी नाफामा गई [&hellip;]</p>


काठमाडौँ । हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडले गत असारमा निष्काशन साधारण सेयर(आइपीओ) साउन २४ गते सम्ममा मात्र खुल्ला गरिने जनाएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कम्पनीले खुल्ला गरेको ७४ लाख ९३ हजार ७ सय ६६ कित्ता सेयरका लागि साउन २४ सम्ममा मात्र आवेदन दिन सकिने जनाएको हो ।

आगामी आवदेखि कम्पनी नाफामा गई सेयरधनीहरुलाई लाभांश दिन सक्ने भएकाले सर्वसाधारण लगानीकर्ताहरुको लागि लगानीको राम्रो अवसर रहेको कम्पनीले जनाएको छ । प्रति सेयर एक सयका दरले न्युनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सम्म आवेदनदिन सकिने छ ।

कम्पनीका बित्तीय म्यानेजर अनन्त कार्कीले कम्पनीले एभरेष्ट बैंकसँग ३३ करोड कर्जा लिएको बताउँदै उक्त आईपीओ निष्कासनबाट प्राप्त हुने सम्पूर्ण आम्दानी रकम बैंकको कर्जा तिर्न उपयोग गरिने बताए ।

हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेड इलाम जिल्लाको इलाम नगरपालिका वडा नं. ९, १० र माईनगरपालिका वडा नं. ९ मा रहेको छ । कम्पनीसँग माई खोला साना जलविद्युत आयोजना(४.५ मेगावाट) र माई खोला साना क्यासकेड जलविद्युत आयोजना(८ मेगावाट) दुवै आयोजनाहरुबाट २०६७ फागुन १ र २०७५ चैत २६ गतेदेखि ब्यापारिक उत्पादन शुरु भैसकेको छ ।

यस कम्पनीले केबीएनआर इशुवापावर लिमिटेड(९७.२ मेगावाट) मा १९५ शेयर लगानी गरेको छ । उक्त आयोजनामा प्रति मेगावाट लागत १० करोड रहेको र सोबाट प्रति मेगावाट ४.३५ करोड आम्दानी हुने जनाएको छ ।

हिमाल दोलखाकोे आइपीओ आजदेखि, १ लाख कित्तासम्म भर्न पाइने

Share News