सेयर लगानीकर्ताले धितोपत्र बोर्डमा बुझाए विरोध पत्र, आन्दोलनमा उत्रने चेतावनी

<p>काठमाडौँ । पूँजीगत लाभकर गणनाको बिरोध गर्दै सेयर लगानीकर्ताहरुले धितोपत्र बोर्डमा बिरोध पत्र बुझाएका छन् । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार, सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल, नेपाल पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेल, सेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकाल र नेपाल पूँजी बजार संघका अध्यक्ष संरक्षणा चौधरीले मंलगबार धितोपत्र बोर्डका अध्यक्ष [&hellip;]</p>


काठमाडौँ । पूँजीगत लाभकर गणनाको बिरोध गर्दै सेयर लगानीकर्ताहरुले धितोपत्र बोर्डमा बिरोध पत्र बुझाएका छन् ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार, सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल, नेपाल पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेल, सेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकाल र नेपाल पूँजी बजार संघका अध्यक्ष संरक्षणा चौधरीले मंलगबार धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीलाई बिरोध पत्र बुझाएका हुन् ।

लगानीकर्ताहरूलाई सेयर दलाल व्यवसायीको कार्यालयमा गएर ल्याप्चे सहितको आधार मूल्यको स्वघोषणा गर्नुपर्ने व्यवस्था लागु भएको सूचना जारी सम्पूर्ण लगानीकर्ताहरूलाई आक्रोसित र उत्तेजित बनाउने काम भएकोमा यस्ता काम कारवाहीप्रति लगानीकर्ताहरुले सामुहिक रुपमा आपत्ति जनाएका हुन् ।

साउन ८ गते भएको सर्वपक्षीय सहमतिको सीघ्र कार्यान्वयन र ल्याप्चे आतंकको अन्त्य गर्न माग गर्दै सम्पूर्ण लगानीकर्ताहरूलाई ल्याप्चे नलगाउन र आवश्यक परेमा आन्दोलनमा सहभागिता र समर्थन गर्नु हुन अनुरोध गर्न वाध्य हुने विरोध पत्रमा उल्लेख छ ।

Share News