
काठमाडौँ । एनएमबी म्युचुअल फण्ड अन्तरगत सञ्चालनमा रहेको एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–१ र एनएमबी हाइब्रिड फण्ड एल–१ को प्रतिफल घोषणा भएको छ ।
कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले एनएमबी सुलभ फण्ड–१ का इकाईधनीहरुलाई आव २०७५/०७६ को मुनाफाबाट १५ प्रतिशतका दरले प्रतिफल दिने निर्णय गरको हो ।
त्यसैगरी एनएमबी हाइब्रिड फण्ड एल–१ का इकाईधनीहरुलाई १० प्रतिशतका दरले मुनाफा दिने निर्णय भएको एनएमबी क्यापिटल सञ्चालक समितिका अध्यक्ष पशुपति मुरारकाले जानकारी दिए ।