एनआईसी एशिया ग्रोथ फण्डले इकाईधनीलाई १० प्रतिशत नगद लाभांश दिने

<p>काठमाडौँ । एनआईसी एशिया ग्रोथ फण्डले इकाईधनीहरुलाई १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । एनआईसी एशिया क्यापिटल लिमिटेडको साउन १० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/०७६का लागि एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तरगत सञ्चालित पहिलो योजना एनआईसी एशिया ग्रोथ फण्डका इकाई धनीलाई ८ करोड ३५ लाख २० हजार नगद लाभांश [&hellip;]</p>

काठमाडौँ । एनआईसी एशिया ग्रोथ फण्डले इकाईधनीहरुलाई १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ ।

एनआईसी एशिया क्यापिटल लिमिटेडको साउन १० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/०७६का लागि एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तरगत सञ्चालित पहिलो योजना एनआईसी एशिया ग्रोथ फण्डका इकाई धनीलाई ८ करोड ३५ लाख २० हजार नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यसैबीच, एनआईसी एशिया ग्रोथ फण्डको प्रति इकाई मूल्य रु. १० का दरले १२ करोड ५० लाख इकाई साउन ८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको प्रमुख कार्यकार्र अधिकृत रमेन्द्र रायमाझीले जनाएका छन् ।

Share News