१५.६२ अंकले बढ्यो नेप्से, पार्टनर खोज्ने गृहकार्यमा जुटेका बैंकहरुकै टप फाइब कारोबार

<p>काठमाडौँ । सेयर बजारले आजपनि अघिल्लै दिनको लय समातेको छ । साताको पहिलो र दोश्रो दिन लगातार घटेको नेप्से परिसूचक तेश्रो दिन मंगलबार मंगलबार ११.२ अंकले बढेको थियो भने आज चौथो दिन पनि १५.६२ अंकले बढेको हो । १.२५ प्रतिशतले बढ्दा परिसूचक १२६८.६८ बिन्दुमा पुगेको छ । बुधबार सेयर बजारमा १७४ कम्पनीका २० लाख ६४ [&hellip;]</p>


काठमाडौँ । सेयर बजारले आजपनि अघिल्लै दिनको लय समातेको छ । साताको पहिलो र दोश्रो दिन लगातार घटेको नेप्से परिसूचक तेश्रो दिन मंगलबार मंगलबार ११.२ अंकले बढेको थियो भने आज चौथो दिन पनि १५.६२ अंकले बढेको हो । १.२५ प्रतिशतले बढ्दा परिसूचक १२६८.६८ बिन्दुमा पुगेको छ ।

बुधबार सेयर बजारमा १७४ कम्पनीका २० लाख ६४ हजार २४७ कित्ता सेयर किनबेच हुँदा ५५ करोड २ लाख ४७ हजार ८१३ रुपैयाँको कारोबार भयो ।

लामो समयपछि आज सबै समूहमा हरियाली छायो । बैंकिङ समूह १३.७६, होटल समूह १.६९, विकास बैंक समूह १४.३९, जलविद्युत समूह १४.३९, वित्त समूह २.९५, निर्जीवन बीमा समूह ९३.४१, उत्पादनमूलक समूह १८.४६, अन्य समूह ८.५७, लघुवित्त समूह २६.०२, जीवन बीमा समूह ९४.९३ र म्युचुअल फण्ड ०.०६ अंकले बढेका छन् ।

आज कारोबार रकमका आधारमा नेपाल बैंक लिमिटेड, सेञ्चुरी कमर्सियल बैंक, मेगा बैंक, प्रभु बैंक र सिभिल बैंक लिमिटेड क्रमशः पहिलो, दोश्रो, तेश्रो, चौथो र पाँचौँ स्थानमा रहे । ती बैंकको क्रमशः रु. ४५३३१८७०, ३४०८५१३०, ३२६६५५४१, ३०३८६०९४ र ३०२११०३८ को कारोबार भयो ।

बजार बढेको दिन सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरुले सबैभन्दा बढी ८.१० प्रतिशतले नाफा कमाएका छन् भने रिलायन्स फाइनान्स लिमिटेडका सेयरधनीले सबैभन्दा बढी ६.०६ प्रतिशतले गुमाएका छन् ।

Share News