दोहोरो अंकले बढ्यो नेप्से, पार्टनर खोज्ने गृहकार्यमा रहेका बैंकहरुको कारोबार उच्च

<p>काठमाडौँ । साताको पहिलो र दोश्रो दिन लगातार घटेको नेप्से परिसूचक तश्रो दिन मंगलबार भने दोहोरो अंकले बढेको छ । मंगलबार ११.२ अंकले बढेको हो । ०.८९ प्रतिशतले बढ्दा परिसूचक १२५३.०६ बिन्दुमा पुगेको छ । मंगलबार सेयर बजारमा १७० कम्पनीका १४ लाख ६६ हजार ८९७ कित्ता सेयर किनबेच हुँदा ४२ करोड ९४ लाख ७७ हजार [&hellip;]</p>


काठमाडौँ । साताको पहिलो र दोश्रो दिन लगातार घटेको नेप्से परिसूचक तश्रो दिन मंगलबार भने दोहोरो अंकले बढेको छ । मंगलबार ११.२ अंकले बढेको हो । ०.८९ प्रतिशतले बढ्दा परिसूचक १२५३.०६ बिन्दुमा पुगेको छ । मंगलबार सेयर बजारमा १७० कम्पनीका १४ लाख ६६ हजार ८९७ कित्ता सेयर किनबेच हुँदा ४२ करोड ९४ लाख ७७ हजार २८८ रुपैयाँको कारोबार भयो ।

आज ट्रेडिङ उत्पादनमूलक र अन्य समूह राताम्मे भयो भने बाँकी समूहमा हरियाली छाएको नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले जनाएको छ । बैंकिङ समूह ११.४२, होटल समूह १४.०४, विकास बैंक समूह ८.९३, जलविद्युत समूह ६.६८, वित्त समूह ०.५९, निर्जीवन बीमा समूह १०७.३३, लघुवित्त समूह १३.४४, जीवन बीमा समूह ८७.२२ र म्युचुअल फण्ड ०.०८ अंकले बढेका छन् ।

यता ट्रेडिङ समूह २.६२, उत्पादनमूलक समूह २.६४ र अन्य समूह ०.८३ अंकले घटेका छन् । आज कारोबार रकमका आधारमा मेगा बैंक, प्रभु बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल बैंक र सेञ्चुरी कमर्सियल बैंक लिमिटेड क्रममा पहिलो, दोश्रो, तेश्रो, चौथो र पाँचौँ स्थानमा रहे । ती बैंकको क्रमशः रु. ४९५५००४९, २५४३२२३६, २४८०२३४३, २४५५६९२८ र १९२९८७३१ को कारोबार भयो ।

बजार बढेको दिन स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरुले सबैभन्दा बढी १० प्रतिशतले नाफा कमाएका छन् भने युनियन हाइड्रोपावर लिमिटेडका सेयरधनीले सबैभन्दा बढी ५.८८ प्रतिशतले गुमाएका छन् ।

Share News