बैशाखमै अर्को लघुवित्तको पनि आईपीओ, जनसेवीको शेयर ४३ हजारले पाउने

<p>काठमाडौं । जनसेवी लघुवित्तको पनि आईपीओ बैशाख २७ गतेदेखि खुला हुने भएको छ । जनसेवीको ४ करोड ६३ लाख ३० हजार रुपैंया बराबरका ४ लाख ६३ हजार ३०० कित्ता शेयर बैशाख २७ गतेदेखि ३१ गतेसम्म खुला गर्नेगरी जनसेवीले बिहीबार आह्वानपत्र प्रकाशन गरेको हो । उक्त शेयरमध्ये ५ प्रतिशतले हुने २३ हजार १६५ कित्ता शेयर म्युचुअल [&hellip;]</p>

काठमाडौं । जनसेवी लघुवित्तको पनि आईपीओ बैशाख २७ गतेदेखि खुला हुने भएको छ । जनसेवीको ४ करोड ६३ लाख ३० हजार रुपैंया बराबरका ४ लाख ६३ हजार ३०० कित्ता शेयर बैशाख २७ गतेदेखि ३१ गतेसम्म खुला गर्नेगरी जनसेवीले बिहीबार आह्वानपत्र प्रकाशन गरेको हो ।

उक्त शेयरमध्ये ५ प्रतिशतले हुने २३ हजार १६५ कित्ता शेयर म्युचुअल फण्ड र ७ हजार १४५ कित्ता कर्मचारीलाई वितरण गरी बाँकी ४ लाख ३२ हजार ९९० कित्ता शेयर सर्वसाधारणका लागि खुला हुने भएको हो । उक्त शेयरका लागि न्यूनतम १० देखि अधिकता १००० कित्ताका लागि आवेदन दिन सकिन्छ ।

सर्बसाधारणलाई वितरण हुने शेयर कुल ४३ हजार २९९ जनाले १०/१० कित्ता शेयर प्राप्त गर्नेछन् ।

Share News