४ अर्ब ७५ करोड राख्न नागरिक लगानी कोषले खोज्यो बैंक, बैशाख ३ गतेसम्म प्रस्ताव आह्वान

<p>काठमाडौँ । नागरिक लगानी कोषले ४ अर्ब ७५ करोड रुपैयाँ १ वर्षसम्म राख्नका लागि बैंक खोजी गरेको छ । कोषले शुक्रबार सूचना प्रकाशित गरी कोषमा जम्मा भएको रकम मुद्दति निक्षेपमा लगानी गर्न बैंकको खोजी गरेको जनाएको छ । निक्षेपमा लगानी गर्न नेपाल राष्ट्र बैंकबाट ‘क’ प्लस वर्गमा सूचीकृत बैंकले मात्र आवेदन दिन सक्ने कोषको लगानी [&hellip;]</p>


काठमाडौँ । नागरिक लगानी कोषले ४ अर्ब ७५ करोड रुपैयाँ १ वर्षसम्म राख्नका लागि बैंक खोजी गरेको छ । कोषले शुक्रबार सूचना प्रकाशित गरी कोषमा जम्मा भएको रकम मुद्दति निक्षेपमा लगानी गर्न बैंकको खोजी गरेको जनाएको छ ।

निक्षेपमा लगानी गर्न नेपाल राष्ट्र बैंकबाट ‘क’ प्लस वर्गमा सूचीकृत बैंकले मात्र आवेदन दिन सक्ने कोषको लगानी महाशाखाले जानएको छ ।

बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम, ब्याजदर र ब्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरी बैशाख ३ गते दिउँसो १ बजे भित्र शिलबन्दी प्रस्ताव बुझाउन कोषले आह्वान गरेको छ ।

Share News