हावाहुरी पीडित वारा–पर्साका घाइतेको लागि ७४ जनाले गरे रक्तदान

<p>काठमाडौँ ।  बारा र पर्सामा भएको हावाहुरीबाट घाईते भएकाहरुको उपचारको लागि रगतको कमी नहोस् भन्दै काठमाडौँको नयाँबानेश्वरमा बुधावार गरिएको रक्तदान कार्यक्रममा ७४ जनाले रक्तदान गरेका छन् । महानगरिय प्रहरी प्रभाग नयाँबानेश्वर लगायतको आयोजनामा आकास्मिक रुपमा गरिएको कार्यक्रममा उत्साहजनक सहभागिता भएको कार्यक्रमका संयोजक बाबुराम आचार्यले बताए । आपतकालीन अवस्थालाई मध्यनजर गर्दै मानवीय सहयोगको रुपमा रक्तदानमा सहभागी [&hellip;]</p>

काठमाडौँ ।  बारा र पर्सामा भएको हावाहुरीबाट घाईते भएकाहरुको उपचारको लागि रगतको कमी नहोस् भन्दै काठमाडौँको नयाँबानेश्वरमा बुधावार गरिएको रक्तदान कार्यक्रममा ७४ जनाले रक्तदान गरेका छन् ।

महानगरिय प्रहरी प्रभाग नयाँबानेश्वर लगायतको आयोजनामा आकास्मिक रुपमा गरिएको कार्यक्रममा उत्साहजनक सहभागिता भएको कार्यक्रमका संयोजक बाबुराम आचार्यले बताए ।

आपतकालीन अवस्थालाई मध्यनजर गर्दै मानवीय सहयोगको रुपमा रक्तदानमा सहभागी हुन संयोजक आचार्यले अपिल गरे अनुसार बानेश्वरका स्थानीय, नेपाल प्रहरी, होस्टल ब्यावसायी संघका प्रतिनिधि, सामुदायिक प्रहरी लगायतले रक्तदान गरेको थिए ।

कार्यकमका आयोजक महानगरीय प्रहरी नयाँबानेश्वर प्रमुख डीएसपी गोबिन्दराज काफ्लेले मानवीय कार्यमा सहयोग गर्न आग्रह गर्दै रक्तदान कार्यक्रम गरिएको बताए ।

Share News