नेशनल माइक्रो फाइनान्सले सिरहामा गर्यो वित्तीय साक्षरता कार्यक्रम

<p>काठमाडौँ । नेशनल माइक्रो फाइनान्स वित्तीय संस्था लि.ले सिराहा जिल्लाको मिर्चैया नगरपालिकामा समूह अध्यक्षहरुको वार्षिक कार्यशाला तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । फुलवरिया शाखाले गरेको कार्यक्रमको अध्यक्षता समुह न.४७ की अध्यक्ष श्रीमति रतनदेवी साहुले गरेकी थिइन भने प्रमुख अतिथिको रुपमा नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लि.केन्द्रीय कार्यालयको संचालन विभागका विभागीय प्रमुख सिताराम पंडित रहेका [&hellip;]</p>


काठमाडौँ । नेशनल माइक्रो फाइनान्स वित्तीय संस्था लि.ले सिराहा जिल्लाको मिर्चैया नगरपालिकामा समूह अध्यक्षहरुको वार्षिक कार्यशाला तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

फुलवरिया शाखाले गरेको कार्यक्रमको अध्यक्षता समुह न.४७ की अध्यक्ष श्रीमति रतनदेवी साहुले गरेकी थिइन भने प्रमुख अतिथिको रुपमा नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लि.केन्द्रीय कार्यालयको संचालन विभागका विभागीय प्रमुख सिताराम पंडित रहेका थिए ।

कार्यक्रममा समाजसेवी, अभिभावक, धारापानी शाखाका शाखा प्रमुख र समुह अध्यक्षहरु गरी कुल १२० जनाको उपस्थिति रहेको थियो । संस्थाले प्रदान गर्दै आएका सेवाहरु, संस्थागत प्रगति, गोष्ठीको महत्व, समुह अध्यक्षको भुमिका जिम्मेवारी, कर्जा सदुपयोगिताको महत्व, बचतको महत्व, लघुबीमाको महत्व, असल समूहका बिशेषताहरु र वित्तीय साक्षरताको बारेमा कार्यक्रममा छलफल भएको थियो । समापनका अवसरमा प्रथम, द्धितीय, तृतीय र चौथो हुनेसमुह अध्यक्षहरुलाई सम्मान र पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

Share News