काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको निमित्त प्रमुअ कार्यकारी अधिकृत(सीईओ)मा रामप्रसाद मिश्र नियुक्त भएका छन् ।
हालै बसेको संचालक समितिको बैठकले वित्तीय संस्थाको सहायक महाप्रबन्धक मिश्रलाई माइक्रोफाइनान्सको निमित्त सीईओमा नियुक्त गरेको हो ।
संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीईओ) फनिलाल चौधरीको असामाहीक निधन भएकाले समितिले मिश्रलाई निमित्त सीईओको जिम्मेवारी दिइको हो ।
गम्भीर बिरामी सीईओ चौधरीको अस्पतालमा उपचारको क्रममा गत मंसिर २६ गते निधन भएको हो ।