खनिजको विकास र बजारीकरणमा जोड, पूर्वाधारका संरचना बनाउँदा भूबनोटमा ध्यान दिनुपर्ने

<p>काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुक समृद्धिको प्रमुख आधार खनिजको विकास र बजारीकरणमा लाग्नुपर्ने बताएका छन्। नेपाल भौगर्भिक समाजले साेमबार यहाँ आयोजना गरेको ‘नवौँ नेपाल अन्तर्राष्ट्रिय भौगर्भिक सम्मेलन’को उद्घाट्न समारोहमा उनले मुलकका बहुमूल्य खनिजको चाँडो उत्खनन गरी यसमा योजनाबद्ध विकास प्रयासको खाँचो औँल्याए। विकास पूर्वाधारका संरचना बनाउँदा भूबनोटमा पनि ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले भने, [&hellip;]</p>

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुक समृद्धिको प्रमुख आधार खनिजको विकास र बजारीकरणमा लाग्नुपर्ने बताएका छन्।

नेपाल भौगर्भिक समाजले साेमबार यहाँ आयोजना गरेको ‘नवौँ नेपाल अन्तर्राष्ट्रिय भौगर्भिक सम्मेलन’को उद्घाट्न समारोहमा उनले मुलकका बहुमूल्य खनिजको चाँडो उत्खनन गरी यसमा योजनाबद्ध विकास प्रयासको खाँचो औँल्याए। विकास पूर्वाधारका संरचना बनाउँदा भूबनोटमा पनि ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले भने, “प्राकृतिक विपद्बाट बच्न आवश्यक तयारीका साथै भूगर्भविद्को ज्ञान र अनुभव आवश्यक छ ।”

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले प्राकृतिक स्रोतसाधनको व्यवस्थापन र सदुपयोगमा लाग्नुपर्ने बताए । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जटिल भौगोलिक विविधताका कारण व्यवस्थित बसोबासमा देखिएका चुनौतीका बारेमा बताउँदै भूकम्पपछिको पुनःनिर्माणमा भएका प्रगतिका बारेमा जानकारी दिए ।

कार्यक्रममा समाजका अध्यक्ष डा कविराज पौड्याल, उपाध्यक्ष गणेश त्रिपाठी, सम्मेलनका संयोजक राजेन्द्रप्रसाद खनाललगायतले समाजका गतिविधिका बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा भूगर्भ विकास क्षेत्रमा योगदान पुर्याएवापत भूवैज्ञानिक डा मेघराज धिमाल र नरेन्द्रबहादुर कायस्थलाई सम्मान गरिएको थियो । यही मङ्सिर ५ गतेसम्म चल्ने सम्मेलनमा १५ देशका करीब १५० भूगर्भविद्, भूवैज्ञानिक, खानी विशेषज्ञ, इञ्जिनीयरलगायत विज्ञको सहभागिता छ । विसं २०३७ मा स्थापित समाजले भूविज्ञानसम्बन्धी राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरको सम्मेलन, कार्यशाला, गोष्ठी, तालीमलगायत कार्यक्रम गर्दै आएको छ । रासस

Share News