छिमेक लघुवित्तका सीईओ रामचन्द्र जोशीको कार्यकाल थपियो

<p>काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) रामचन्द्र जोशीको कार्यकाल थपिएको छ । सञ्चालक समितिको कात्तिक २८ गते बसेको २१७औँ बैठकले जोशीको कार्यकाल थप्ने निर्णय गरेको हो । जोशीको पदावधी यही मंसिर १९ गतेबाट सकिने भएकाले लघुवित्तले उनको कार्यकाल आगामी एक वर्षसम्मलाई थपेको हो । कार्यकाल थप पश्चात जोशीले २०७६ साल मंसिर [&hellip;]</p>

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) रामचन्द्र जोशीको कार्यकाल थपिएको छ ।

सञ्चालक समितिको कात्तिक २८ गते बसेको २१७औँ बैठकले जोशीको कार्यकाल थप्ने निर्णय गरेको हो ।

जोशीको पदावधी यही मंसिर १९ गतेबाट सकिने भएकाले लघुवित्तले उनको कार्यकाल आगामी एक वर्षसम्मलाई थपेको हो ।

कार्यकाल थप पश्चात जोशीले २०७६ साल मंसिर मसान्तसम्म प्रमुख कार्यकारी अधिकृतका रुपमा यस छिमेक लघुवित्तको नेतृत्व सम्हाल्नेछन् ।

Share News