
काठमाडौ । संवैधानिक परिषद्ले कायमुकामम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिश गरेको छ । परिषद्को आजको बैठकले सो सिफारिश गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले जानकारी दिए।
तत्कालीन कामु प्रधानन्यायाधीश दीपकराज जोशीको नामलाई संसदीय सुनुवाइ समितिले अनुमोदन नगरेपछि मिश्रले कामुको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
परिषद्ले गरेको सिफारिशका आधारमा सुनुवाइ समितिले अनुमोदन गर्नुपर्नेछ । समितिले अनुमोदन गरेपछि राष्ट्रपतिसमक्ष नियुक्तिका लागि पठाइनेछ । रासस