लुम्बिनी विकास बैंकको सीईओमा नरेशसिंह बोहरा नियुक्त

<p>काठमाडौं । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नरेशसिंह बोहरा नियुक्त भएका छन् । जेठ २३ गते बसेकाे सञ्चालक समितिकाे बैठकले उनलार्इ अागामी चार वर्षकाे लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेकाे हाे । बोहरा हाल देवः विकास बैंकका डेपुटी सिर्इअाे  छन् । साउन १ देखि लुम्बिनी विकास बैंकमा हाजिर हुने उनले जानकारी  दिए [&hellip;]</p>

काठमाडौं । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नरेशसिंह बोहरा नियुक्त भएका छन् । जेठ २३ गते बसेकाे सञ्चालक समितिकाे बैठकले उनलार्इ अागामी चार वर्षकाे लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेकाे हाे ।

बोहरा हाल देवः विकास बैंकका डेपुटी सिर्इअाे  छन् । साउन १ देखि लुम्बिनी विकास बैंकमा हाजिर हुने उनले जानकारी  दिए ।

जेठ ४ गतेदेखि लागू हुनेगरी यस बैंकमा झलकप्रसाद खनालले प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएपछि उक्त पद खाली भएकाे थियाे ।

बाेहरा त्यसअघि नेशनल नारायणी फाइनान्समा प्रमुख कार्यकारी अधिकृतकाे रूपमा कार्यरत थिए । उक्त फाइनान्स सनराइज बैंकमा मर्ज भएपछि उनी देवः विकास बैंकमा डेपुटी सीर्इअाे भएका थिए ।

उनीसँग नेपाल बंगलादेश बैंक, माछापुच्छ्रे बैंक, यूनार्इटेड फाइनान्स, नेशनल नारायणी फाइनान्स, देवःविकास बैंकमा गरी २१ वर्ष बैकिङ सेवाका काम गरेकाे अनुभव छ ।

 

Share News