
धर्मराज शाक्य, अध्यक्ष नेपाल हस्तकला महासंघ
काठमाडौं । अागामी आर्थिक वर्षकाे बजेटमा सरकारले घोषणा गरेकोे उत्पादन निर्यात गरे वापत दिइने अनुदानको चौतर्फी स्वागत गरिएको छ । सरकारले आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन र रोजगारीको अवसर सिर्जनमा जोड दिदै मूल्य अभिवृद्धि गर्ने कृषि, वन तथा खानीजजन्य औद्योगिक उत्पादन तथा गुणस्तर अभिवृद्ध प्रोत्साहित गर्न औद्योगिक उत्पादनको निर्यातमा ५ प्रतिशतसम्म अनुदान दिने घोषणा गरेको छ । उक्त घोषणाको निजी क्षेत्रले खुलेरै स्वागत गरेको हो ।
नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले उक्त घोषणाको सहज कार्यान्वयन भए स्वदेशी उद्योगको उत्पादनको निर्यातमा व्यापक परिवर्तन आउने बताए । यसभन्दा अघि उक्त अनुदान २ प्रतिशत मात्रै थियो, अहिले ५ प्रतिशत पुर्याएको छ । ‘हामीले कम्तिमा पनि सो अनुदानलाई बढाएर १० प्रतिशत पुर्याउन माग गरेका थियौं,’ उनले भने ‘यद्यपि माग अनुसार पुग्न सकेन ।’ उनको अनुसार अनुदान बढेता पनि कार्यान्वयन महत्वपूर्ण रहेको बताए । विगतमा पनि औद्योगीक क्षेत्रमा घोषणाहरु धेरै भएको तर व्यवहारमा आउन नसकेको अनुभव सुनाउछन् ।
हस्तकलाकाका सामाग्रीहरु बढी निर्यात हुने वस्तुमा पर्ने गरेको छ । व्यवसायीहरुको अनुसार गएको वर्ष करिब १२ अर्ब रुपैयाँको हस्तकला सामाग्री विभिन्न मुलुकमा निर्यात भएको थियो । औपचारिक रुपमा ६ अर्ब र अनौपचारिक रुपमा ६ अर्ब रुपैयाँको निर्यात भएको महासंघको तथ्याङ्कमा देखिन्छ । ‘आगामी वर्ष अनुदान बढेकोले निर्यातमा समेत करिब २० प्रतिशत बढ्नेछ’, उनले भने ।
त्यसैको समर्थन गर्दै केन्द्रिय गलैंचा उद्योग संघका अध्यक्ष छिरिङ शेर्पाले पनि निर्यातमा दिइएको अनुदानले स्वदेशी उत्पादकलाई हौसाला प्रदान गरेको बताए । उनका अनुसार अहिले नेपालबाट वार्षिक करिब ७ अर्ब रूपैयाँको गलैंचा निकासी हुने गरेको छ । ‘निर्यातमा दिइएको अनुदानको कारण आगामी आर्थिक वर्ष १५ प्रतिशतभन्दा बढी निर्यात बढ्ने हाम्रो अनुमान छ,’ उनले भने ‘पाँच वर्षको अबधिमा गलैँचाको निर्यात दोब्बर बनाउन सक्छौं ।’ उनका अनुसार नेपालबाट मुलुकबाहिर उच्च स्तरिय गलैंचा निर्यात हुदै आएको छ ।
उनले नेपालदेखि तेस्रो मुलकमा सबैभन्दा बढि निर्यात गर्लैचा हुने गरेको दावी गरे । संघको अनुसार विगतमा वर्षमा गलैँचामा दशौं हजारले रोजगारी पाएको र कुल ग्राहस्थ उत्पादन जिडीपीमा ४ प्रतिसतसम्म योगदान दिएको थियो ।

त्यस्तै व्यापार तथा निकासी प्रवद्धन केन्द्र (टीइपीसी)का कार्यकारी निर्देशक सरदबिक्रम रानाले सरकारले सार्वजनि गरेको निर्यातको अनुदानले निजी क्षेत्रलाई उत्साहित बनाएको बताए । ‘यो स्वदेशी उद्योगहरुको सुनौलो अवसर पनि हो,’ उनले भने ‘एक माघले जाडो जादैन भने झैं, उद्योगले जति राम्रो काम गर्न सक्यो त्यसरीनै बढी सरकारले निर्यातलाई प्राथमिकतामा राख्नेछ । अनुदान अहिलेकोभन्दा पनि बढाउनेछ ।’
त्यसले आयात प्रतिस्थापन गर्दै निर्यात बढाउननेछ । मुलुको चुलिदै गरेको व्यापार घाटा घटाउन सहयोग पुग्नेछ । गएको दश महिनामा मात्रै नेपलाको व्यापार घाटा ९ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ । ९ खर्ब ८२ अर्ब रुपैयाँको आयात हुदा निर्यात ६६ अर्ब ६४ करोड रुपैयाँको मात्रै भएको राजस्व विभागले जानकारी गराएको छ ।