पेट्रोलियम पदार्थको मूल्य वृद्धि बाध्यता- मन्त्री यादव

<p>काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पेट्रोलियम पदार्थको मूल्य वृद्धि सरकारको रहर नभई बाध्यता भएको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर इन्डियन आयल कर्पोरेशन र नेपाल आयल निगमबीच भएको सम्झौताअनुसार मूल्य वृद्धि भएको उनले बताएका छन् । सन् २०१७ मार्च १८ मा अन्तर्राष्ट्रिय क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएमा सोअनुसार [&hellip;]</p>

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पेट्रोलियम पदार्थको मूल्य वृद्धि सरकारको रहर नभई बाध्यता भएको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर इन्डियन आयल कर्पोरेशन र नेपाल आयल निगमबीच भएको सम्झौताअनुसार मूल्य वृद्धि भएको उनले बताएका छन् ।

सन् २०१७ मार्च १८ मा अन्तर्राष्ट्रिय क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएमा सोअनुसार मूल्य समायोजन गरिने दुई देशबीचको सो सहमतिमा उल्लेख छ । रासस

Share News