काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेड्मी नोट १३ सिरिज अन्तर्गतका तीन वटा मोडलका फोन सार्वजनिक गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गर्दै शाओमीले रेड्मी नोट १३ सिरिज अन्तर्गतका शाओमीले रेड्मी नोट १३ प्रो प्लस फाइभ जी, रेड्मी नोट १३ प्रो, रेड्मी नोट १३ सार्वजनिक गरेको हो ।
नयाँ फिचर र स्मार्ट लुक्ससहित आएका यी तीनै मोडेलका स्मार्ट फोनबाट ग्राहकहरूले नयाँ अनुभव पाउन सक्ने कम्पनीले बताएको छ । नयाँ फोन सार्वजनिक गर्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले यी स्मार्टफोन धेरै ग्राहकको रोजाइमा पर्ने विश्वास लिएको बताए ।
‘ग्राहकहरूलाई अत्याधुनिक प्रविधिको अनुभव प्रदान गर्ने उद्देश्यले यी नयाँ स्मार्टफोनहरू सार्वजनिक गर्न पाउँदा हामी निकै खुसी छौं, हाम्रा सबै ग्राहकहरूलाई उच्च गुणस्तरको प्रविधि प्रदान गर्न चाहन्छौं, आशा छ, हाम्रा ग्राहकहरूले यी नयाँ मोडेलहरूलाई मन पराइदिनुहुनेछ,’ उनले भने ।
आधुनिक डिजाइन र स्मार्ट लुक्स भएको सो फोन सार्वजनिक भएसँगै नेपालभर उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
कुन फोनमा के छन् विशेषता ?
रेड्मी नोट १३ प्रो प्लस फाइभ जि
यो फोनमा स्टाइलिश डिजाइन र क्रिस्टल क्लियर डिस्प्ले पाउन सकिन्छ । रेड्मी नोट १३ प्रो प्लस फाइभ जिको मोटाई ८.९ एमएम र तौल २०४.५ रहको छ । कम्पनीका अनुसार यसको ६.६७ इन्चको क्रिस्टल रेस एमोलेड कर्भ १.५ के डिस्प्लेमा २७१२८/१२२० को रिजोल्युसन र १२० हर्जको रिफ्रेस रेट रहेको छ ।
आइपि ६८ डस्ट र वाटर रेसिस्टेन्स रेटिङको साथ आउने यो स्मार्ट फोन हेर्दा जति स्टाइलिश छ त्यत्ति नै टिकाउ पनि रहेको कम्पनीको दाबी छ । उक्त फोनले मिडियाटेक डाइमेन्सिटी ७२०० अल्ट्रा चिपसेट र ४ एम अक्टा-कोर प्रोसेसरले फास्ट पर्फर्मेन्स दिन्छ । कम्पनिका अनुसार सो फोनमा २०० मेगापिक्सेलको क्यामरा, ८ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामरा र २ मेगापिक्सेलको म्याको क्यामरा रहेको छ ।
जसले ग्राहकहरुले फोटोग्राफीको नयाँ अनुभव लिन सक्ने कम्पनीको भनाइ छ । यसले १६ मेगापिक्सेलको फ्रन्ट क्यामेराले आकर्षक सेल्फीहरू निकाल्दछ भने ओआइएस, शाओमी प्रो कट र शाओमी इमेजिङ सिस्टमले मोबाइलको फोटोग्राफीलाई नै परिवर्तन गरिदिएको छ ।
रेड्मी नोट १३ प्रोप्लस फाइभ जिमा ५००० एमएचको ब्याट्री रहेको छ । उक्त ब्याट्री एक पटक फुल चार्ज गर्दा दिनभर चलाउन सकिने कम्पनीले बताइएको छ । यसमा १२० वाटको हाइपरचार्जर उपलब्ध रहेकाले चार्ज पनि छिटो हुने बताइएको छ ।
रेड्मी नोट १३ प्रो
कम्पनीका अनुसार रेड्मी नोट १३ प्रोमा स्टाइलिश एमोलेड डिस्प्ले रहेको छ । ७९८ एमएमको स्लिम डिजाइन र १८८ ग्राम तौल भएको यस स्मार्ट फोन स्टाइल र कम्फर्ट रहेको बताइएको छ । ६.६७-इन्चको एमोलेड डिस्प्ले, २४००८/१८०० को रिजोल्युसन र स्विफ्ट १२० हर्ज रिफ्रेस रेटले उत्कृष्ट भिजुअल एक्स्पिरिएन्स प्रदान गर्ने बताइएको छ ।
यसमा आइपि ५४ डस्ट र स्प्ल्याश रेजिस्ट्यान्स उपलब्ध रहेको छ । मिडिया टेक हेलियो अल्ट्रासहित आउने उक्त स्मार्ट फोनमा युजर फ्रेन्डली एक्स्पिरिएन्सको लागि एन्ड्रोइड १३ मा आधारित तथा एमआइयुआइ १४ मा राखिएको छ । यो फोनमा ८ जिबी प्लस २५६ जिबी वा १२ जिबी प्लस ५१२ जिबी स्टोरेज भेरिएन्टमा उपलब्ध छ ।
२०० एमपी क्यामेरा रहेको यस फोनमा फोटोग्राफीको लागि ८ एमपी अल्ट्रा-वाइड क्यामेरा र २ एमपीको म्याक्रो क्यामेरा उपलब्ध रहेको छ । जसले १६ एमपी सेल्फी क्यामेराले सेल्फी-पोर्टेटहरूमा छुट्टै चमक ल्याउने बताइएको छ । रेड्मी नोट १३ प्रोमा ५००० एमएच ब्याट्री रहेको छ । कम्पनीका अनुसार फोनमा ६७ वाट इन-द-बक्स टर्बो फास्ट चार्जर समावेश गरिएको छ ।
रेड्मी नोट १३
७.९७ स्लिम र १८८.५ ग्रामको तौलले रहेको यो फोनमा हल्का र हेर्दा स्ल्कि देखिन्छ । फोनमा ६.६७ इन्च एमोलेड डिस्प्ले, २४००८८/१०८० को रिजोलुसन र स्मुथ १२० हर्जको रिफ्रेस रेटले इमर्सिभ भिजुअलको अनुभव लिन सकिन्छ । रेड्मी नोट १३ आइपी ५४ डस्ट र स्प्ल्याश रेजिस्ट्यान्ससहित उपलब्ध छ । स्न्यापड्रागन ६८५ चिपसेट राखिएको एन्ड्रोइड १३ र एमआइयुआई १४ भएको यो डिभाइस बिना कुनै ल्याग चल्ने पनि कम्पनीले जानकारी दिएको छ ।
प्रयोगकर्ताहरूका लागि ६ वा ८ जिबी याम रोज्न र आफ्नो आवश्यकता अनुसार १२८ वा २५६ जिबी स्टोरेज छनौट गर्ने विकल्प फोनमा रहेको छ । रेड्मी नोट १३ मा १०८ एमपीको मेन क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड क्यामेरा र २ एमपीको म्याक्रो क्यामेरा उपलब्ध छन् । ५००० एमएच ब्याट्री र ३३ वाटको फास्ट चार्जर भएकोले रेड्मी नोट १३ मा दिनभरी भिडियो हेर्न वा अरु काम गर्न मिल्ने कम्पनीले बताएको छ ।
कुनको मूल्य कति, यस्तो छ अफर ?
कम्पनीले रेड्मी नोट १३ को (६/१२८) जीवीमा उपलब्ध हुने मिडनाइट ब्ल्याक, मिन्ट ग्रीन र आइसलाई २४ हजार ९९९ र (८/२५६) जीबीमा उपलब्ध हुने फोनलाई २७ हजार ९९९ रुपैयाँ तोकेको छ । कम्पनीका अनुसार उक्त फोन किन्दा २,९९९ मूल्यको बड्स ४ एक्टीभ १ हजार ६ सय ९९ को अफरमा पाउन सकिनेछ । यस्तै कम्पनीले रेड्मी नोट १३ प्रो मिडनाइट ब्ल्याक, फरेस्ट ग्रीन र ल्याभेन्डर पर्पल कलरमा ३४ हजार ९ सय ९९ (८/२५६ जीबी) र ३९ हजार ९९९ (१२/५१२ जीबी) मा उपलब्ध रहेको बताएको छ ।
रेड्मी नोट १३ प्रो किन्दा २ हजार ९ सय ९९ रुपैयाँको बड्स ४ एक्टीभ मात्र १ हजार ६ सय ९९ रुपैयाँ अफरमा वा ५ हजार ६ सय ९९ रुपैयाँ मूल्यको रेड्मी वाच ३ एक्टीभ मात्र ३ हजार ४ सय ९९ रुपैयाँ अफरमा पाउन सकिने बताएको छ ।
यसैगरी रेड्मी नोट १३ प्रो प्लस फाइभ जि मिडनाइट ब्ल्याक, फरेस्ट ग्रीन र ल्याभेन्डर पर्पल कलरमा ४७ हजार ९ सय ९९ (८/२५६ जीबी) रुपैयाँ र ५२ हजार ९ सय ९९ रुपैयाँ (१२/ ५१२ जीबी) मा उपलब्ध हुने कम्पनीले बताएको छ । उक्त फोन किन्दा २ हजार ९ सय ९९ रुपैयाँको बड्स ४ एक्टीभ १ हजार ६ सय ९९ रुपैयाँ अफरमा पाइने छ । कम्पनीले सो फोन किन्दा ५ हजार ६ सय ९९ रुपैयाँको रेड्मी वाच ३ एक्टीभ मात्र ३ हजार ४ सय ९९ रुपैयाँमा पाउन सकिने बताएको छ ।