सूचना प्रविधि कार्यशाला ‘एनपीनोग नाइन’ सम्पन्न

<p>काठमाडौं । सूचना प्रविधि कार्यशाला ‘एनपीनोग नाइन’ चितवनको सौराहामा सफलतापुर्वक सम्पन्न भएको छ। उक्त कार्यशाला यहि माघ १४ देखि १८ गतेसम्म आयोजना भएको थियो । इन्टरनेट एक्सचेन्ज नेपाल (एनपीआईएक्स) तथा नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनोग)ले संयुक्त रुपमा सञ्चालन गरेको पाँच दिने यो कार्यशालामा नेटवर्क एसेन्सियल्स विषयमा विभिन्न विज्ञले प्रस्तुति दिएका थिए । कार्यशालामा नेटवर्किङ एवं सूचना [&hellip;]</p>

काठमाडौं । सूचना प्रविधि कार्यशाला ‘एनपीनोग नाइन’ चितवनको सौराहामा सफलतापुर्वक सम्पन्न भएको छ। उक्त कार्यशाला यहि माघ १४ देखि १८ गतेसम्म आयोजना भएको थियो ।

इन्टरनेट एक्सचेन्ज नेपाल (एनपीआईएक्स) तथा नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनोग)ले संयुक्त रुपमा सञ्चालन गरेको पाँच दिने यो कार्यशालामा नेटवर्क एसेन्सियल्स विषयमा विभिन्न विज्ञले प्रस्तुति दिएका थिए ।

कार्यशालामा नेटवर्किङ एवं सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लागेका व्यावसायिक विज्ञहरूबाट विषयगत तालिम सञ्चालन गरिएको थियो ।

कार्यशालामा ७ जना महिला र ३१ जना पुरुषले विभिन्न संघ संस्थाबाट सहभागिता जनाएका थिए भने एनपीनोग नाइन फेलोसिप प्रोग्रामबाट ६ जना छनोट भई तालिममा सहभागी जनाएका थिए ।

देशभित्र इन्टरनेट पूर्वाधार निर्माण र व्यवस्थापनमा उच्च दक्ष प्राविधिक जनशक्तिको आवश्यकतालाई सम्बोधन गर्न यो कार्यशाला फलदायी हुने विश्वास आयोजकले लिएको छ ।

Share News