‘लिसा’मा ८३ स्थानीय तहले गरेनन् तथ्यांक अद्यावधिक

<p>काठमाडौं । स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन (लिसा)मा ८३ वटा स्थानीय तहले नतिजा अद्यावधिक गरेका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माघ २१ गतेसम्म ८३ वटा स्थानीय तहले तथ्यांक अद्यावधिक नगरेको जनाएको छ । अहिलेसम्म ६७० वटा स्थानीय तहले संस्थागत क्षमता स्वमूल्यांकन लिसाको प्रणालीमा अद्यावधिक गरेका र बाँकीले नगरेका हुन् । लिसाको नतिजा [&hellip;]</p>

काठमाडौं । स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन (लिसा)मा ८३ वटा स्थानीय तहले नतिजा अद्यावधिक गरेका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माघ २१ गतेसम्म ८३ वटा स्थानीय तहले तथ्यांक अद्यावधिक नगरेको जनाएको छ ।

अहिलेसम्म ६७० वटा स्थानीय तहले संस्थागत क्षमता स्वमूल्यांकन लिसाको प्रणालीमा अद्यावधिक गरेका र बाँकीले नगरेका हुन् । लिसाको नतिजा सार्वजनिक गर्ने प्रणाली माघको २९ गते बन्द हुने भन्दै मन्त्रालयले आफ्नो तथ्यांक सार्वजनिक गर्न स्थानीय तहहरुलाई अनुरोध गरेको छ ।

Share News