लुम्बिनी बिकास बैंक तनहुँको चन्द्रावतीमा शाखा कार्यालय विस्तार
काठमाडौं । लुम्बिनी बिकास बैंक लिमिटेडले तनहुँ जिल्लाको भानु नगरपालिकाको चन्द्रावतीमा ५०औं शाखा कार्यालय स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका निर्देशक राजेन्द्र पण्डितले गरेका छन् । विकास बैक संचालक समितिका अध्यक्ष सुशिल पराजुलीको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनालले स–साना निक्षेप परिचालन तथा कृषि एवं साना व्यवसायमा कर्जा लगानी गरि त्यस भेगका बासिन्दाहरुमा बैंकिङ्ग सेवाको पहुँच अभिबृद्धि गर्ने उद्देश्यका साथ उक्त शाखालाई सञ्चालनमा ल्याइएको बताए । यस विकास बैंकले उक्त शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एबीबीए, मोवाईल बैकिङ लगायतका सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ । बैंकको केन्द्रीय कार्यालय काठमाण्डौंमा रहेको यस राष्ट्रिय स्तरको विकास बैंकले देशका विभिन्न भागमा ५० वटा शाखा १२ वटा एटीएमबाट सेवा दिदै आएको जनाएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले जानकारी दिए ।
अब इटाविना पनि सुरक्षित पर्खाल, के के छन् विशेषताहरु ?
काठमाडौं । नेपालमै पहिलो पटक अव इटाविना पनि सुरक्षित पर्खाल बनाउन पाइने भएको छ । सिमेन्टबाट बनेको ठूल्ठूला साइजका गोर्खा बाउण्डरी वालको उत्पादन सुरुपछि यस्तो अवसर मिलेको हो । गोर्खा प्रिकास्ट एण्ड विण्डोर प्राइभेट लिमिटेड चाँंगुरोड झौखेल भक्तपुरले घर, कार्यालय वा कारखानाको चारैतिरको कम्पाण्ड घेर्नका लागि विभिन्न साइजका ठूल्ठूला बाउण्डरी वालको उत्पादन थालेको हो । एक फिट चौडाई र आवश्यकता अनुसारको लम्वाई भएको बाउण्डरी उत्पादन कम्पनीले थालेको हो । आवश्यकता अनुसारको लम्वाई कारखानामै काटेर ल्याउन मिल्ने कम्पनीले जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजन दुवालका अनुसार छिटो जडान यसको मुख्य विशेषता हो । ‘साधारण ६ आनाको घरको कम्पाउण्ड यो सामाग्रीको प्रयोगबाट चार पाँंच दिनमा बनाइसक्छ, उनले भने, जबकि इटाको प्रयोग गरी बनाउने हो भने महिनौं लाग्नसक्छ ।’ यसको प्रयोगबाट कम्पाउण्ड बनाउँदा पछि भत्काएर पुन प्रयोग गर्न मिल्छ । यसको प्रयोगबाट कम्पाउण्ड बनाउँंदा जग पनि धेरै हालिरहनु पर्दैन । यसको लागि दुईतिर ग्रुभ भएको एचविम गाडनु पर्छ । यसको निम्ति दुई फिट लम्बाई, दुई फिट चौडाई र दुई फिट गहिराई भएको खाल्डो खन्नु पर्छ । त्यसमा आधा बोरा सिमेन्ट बराबरको ढलान भरेर आठदेखि दस फिटको दुरीमा एचविम उभ्याउनुपर्छ । दुईटा एचविमको वीचमा पचास एमएमको गोर्खा बाउण्डरी वाल जडान गर्नुपर्छ । आवश्यकता अनुसार एचविमको ग्रुभ र प्यानको वीचमा पियफोम राख्नुपर्छ । निर्माणस्थलसम्म परम्परागत पर्खाल लगाउन जस्तो इटा, वालुवा, गिटी, सिमेन्ट लानुपर्ने झन्झटबाट मुक्त हुनु यसको अर्काे विशेषता हो । यो जडान गर्न परम्परागत पर्खाल बनाउन जस्तो पानीको आवश्यकता पनि पर्दैन । यसको जडानका लागि दक्ष कामदार आवश्यक पर्दैन । सजिलै जसले पनि जडान गर्न सक्छ । परम्परागत पर्खाल भन्दा बलियो तथा सुरक्षित हुनु यसको अर्काे मुख्य विशेषता हो । नौ इन्चको परम्परागत गाहो भन्दा बलियो हुने कम्पनीको दावी छ । भूकम्पको बेला पर्खाल भत्केर दुर्घटना भइरहेको बेला यो सुरक्षित भएको कम्पनीको दावी छ । यसको गुणस्तर कारखानामै चेक गरेर आउने हुन्छ । यो डण्डी भएको, एम २५ स्ट्रन्ट भएको हुन्छ । यसको निर्माणबाट पर्खाल बनाउँंदा प्लाष्टर गरिरहनुपर्ने झन्झटबाट मुक्ति मिल्छ । यसले खर्चको पनि बचत गर्छ । यो निर्माणमा प्रयोग हुने सम्पूर्ण कच्चा पदार्थ स्वदेशी हुनु अर्काे मुख्य विषय भएको कम्पनी जनाउँंछ । इको फ्रेण्डली र प्राकृतिक श्रोतसाधन कम मात्रै प्रयोग हुने यो वाउण्डरी बनाउन प्रयोग हुने मेशिनमा क्लिन इनर्जी मात्रै प्रयोग हुने जनाइएको छ । भूकम्पपछि कम्पाउण्ड वाल बनाउँदा पाँंच फिट भन्दा उचाईको बनाउन नपाइने व्यवस्था छ । तर यसमा सजिलै फलामको काँंडेबार सजिलै जडान गर्न मिल्ने हुन्छ । इटा, व्लक, जस्ता, काँंडेबार भन्दा धेरै हिसावले सवैभन्दा वढी सुरक्षित र बलियो भएको दावी गरिएको छ । यो बनाउँदा ढलानकै बने पनि वीचमा प्वाल हुने भएकोले यसको घनत्व ३५ प्रतिशतसम्म कम हुने जनाइएको छ । इटाको गारोमा जस्तै दुईदेखि तीन फिट जग हाल्न आवश्यक नहुनु, डेकोरेशन गर्न परे सिधै वाल पटी र पेन्ट गर्न मिल्नु, तीन फिटसम्मको माटोको अर्थ प्रेसर धान्न सक्नु यसका विशेषताहरु हुन् । यो कम्पनीले यसका अलावा एक सय २० एमएमको फलोरको रुपमा प्रयोग गर्न मिल्ने पिस्टेस पिकास्ट हलो कोर स्ल्याब तथा यूपीभीसी र आल्मनियमको झयालढोका पनि बनाउँंदै आएको छ । यो गोर्खा इको प्यानलको भगिनी संस्था हो ।
गुड्स एण्ड सर्भिस ट्याक्सबारे सुष्म अध्ययन गर्न परिसंघको माग, उप्रधानमन्त्री महराले भने“आर्थिक कूटनीतिज्ञ”मा जोड दिन्छु
काठमाडौं । जुलाई १ देखि वस्तु तथा सेवा कर (गुड्स एण्ड सर्भिस ट्याक्स) लागू गरेको हुदाँ त्यसबाट नेपाली अर्थव्यवस्थामा पर्ने प्रभावको बारेमा निजी क्षेत्रको समेत प्रतिनिधि समावेश गरी कार्यदल नै गठन गरेर सूक्ष्म अध्ययन गर्न नेपाल उद्योग परिसंघले सरकारसँग माग गरेको छ । परिसंघको प्रतिनिधि मण्डलले बुधबार उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई भेटी गरी सो माग राखेको हो । परिसंघले मुुलुकको समग्र विकासका लागि आर्थिक कूटनीतिलाई सबल बनाउनु पर्नेमा जोड दिएको छ । परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वमा गएको उक्तप्रतिनिधि मण्डलले आर्थिक विकासका लागि परराष्ट्र मन्त्रालायले देशगत आर्थिक कुटनीति अबलम्बन गर्नु पर्ने, छिमेकी मुलुकसँगको व्यापारिक निर्भरता न्यून गर्दै निकासी प्रवद्र्धनको कार्यमा ठोस र परिणाम मूखी कार्य योजनासहित सवल कार्यान्वयनमा प्राथमिकता दिनु पर्ने धारणा राखेको छ । हाल भारतसँगको वैदेशिक व्यापारमा नेपाली कृषिजन्य वस्तु गैर भंसार अवरोध र थप नियमनहरु बढ्दै गएको तथा प्रान्तीय सरकारबाट नेपाली निकासी योग्य वस्तुलाई प्रोत्साहन गर्नु पर्ने र यी समस्याहरु समाधान गर्न देशको कुटनीति सक्रिय हुनु पर्ने धारणा अध्यक्ष शर्माले राखे । त्यसैगरी परिसंघको प्रतिनिधि मण्डलले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको दक्षता र प्रभावकारिता विस्तार गर्नु पर्ने, नेपालमा आयात हुने बल्क कार्गो रक्सौल नाकाका अतिरिक्त अन्य भंसार बिन्दुबाट पनि आयात गर्न पाउनु पर्ने विषयमा कुटनीतिक पहल हुनुपर्ने सन्दर्भमा उपप्रधानमंत्री महराको ध्यानाकर्षण पनि गराएको थियो । परिसंघको प्रतिनिधि मण्डलको सुझाव पश्चात उपप्रधान तथा परराष्ट्र मन्त्री महराले आर्थिक कुटनीतिज्ञको नै विकास गर्नु पर्नेमा वर्तमान सरकार प्रतिवद्ध रहेको बताउदै हाल मुलुक राजनीतिबाट आर्थिक विकासलाई केन्द्र बिन्दुमा राखिसकेको परिप्रेक्षमा मुलुकमा प्राप्त श्रोत तथा साधनको अधिकतम एवं अनुकुलतम प्रयोग एवं राजनैतिक स्थिरता भएमा मुलुकमा अर्को चरणको विकासमा मुलुक प्रवेश गर्ने र सो कार्यका लागि सरकारले निजी क्षेत्रको सहयोगको अपेक्षा गरेको बताएको परिसंघले जनाएको छ । उक्तप्रतिनिधि मण्डलमा परिसंघका उपाध्यक्षहरु तथा गभनिङ काउन्सिलका सदस्यहरुरुको समेत उपस्थिति रहेको थियो ।
सिन्धुलीगढी रेडियोलाई ५० हजार रुपैयाँको बालसंवेदनशिल सामुदायिक रेडियो पुरस्कार
काडमाडौं । केन्द्रीय बालकल्याण समितिले सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) सँग मिलेर स्थापना गरेको बालसंवेदनशिल सामुदायिक रेडियो पुरस्कार २०७३ सिन्धुलीको सामुदायिक रेडियो सिन्धुलीगढीलाई प्रदान गरेको छ । पुरस्कारको राशी ५० हजार रुपैयाँ र प्रमाणपत्र छ । राजधानीमा बुधबार आयोजित कार्यक्रममा बालकल्याण समितिकी अध्यक्ष बबिना श्रेष्ठ, समितिका कार्यकारी निर्देशक तारक धिताल र अकोराबका अध्यक्ष शुवास खतिवडाले रेडियो सिन्धुलीगढीका अध्यक्ष कृष्णहरि घिमिरेलाई संयुक्त रुपमा प्रदान गरे । आमसंचार माध्यममा सामुदायिक रेडियोमार्फत नेपालमा बालअधिकारको सम्बर्धन र संरक्षणमा पु¥याएको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको केन्द्रीय बालकल्याण समितिले जनाएको छ । समितिले अकोराबसँग मिलेर स्थापना गरेको उक्त पुरस्कार पहिलो पटक प्रदान गरिएको हो । मुलुकभर रहेका झण्डै ३ सय रेडियोमध्ये बालसंबेदनशील रेडियो कार्यक्रम प्रसारण गर्ने रेडियोमा सिन्धुलीगढी उत्कृष्ट भएको हो । समितिले गठन गरेको ५ सदस्यीय मूल्यांकन समितिले पुरस्कृत रेडियोको चयन गरेको हो । सिन्धुलीमाढीबाट ९४ मेगाहर्जमा प्रसारण हुँदै आएको सिन्धुलीगढी रेडियोले बालमैत्री कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ । पुरस्कार वितरण कार्यक्रममा सिन्धुलीगढी रेडियोका अध्यक्ष कृष्णहरि घिमिरेले पहिलो चोटी वितरण गरिएको उक्त पुरस्कार आफ्नो रेडियो पाएकामा गौरवको अनुभूति भएको बताउँदै भविष्यमा बालमैत्री कार्यक्रम निर्माण र प्रसारण गर्न यस पुरस्कारले अझै हौसला प्रदान गर्ने बताए । कार्यक्रममा समितिका प्रबन्ध निर्देशक धिताल, अकोराबका अध्यक्ष खतिवडा, विश्व सामुदायिक रेडियो महासंघ (अमार्क) का सहअध्यक्ष मिनबहादुर शाही, नेपाल पत्रकार महासंघकी सचिव संगिता खड्कालगायतले बालसंवेदनशीले पुरस्कार विजेता रेडियो सिन्धुलीगढीलाई बधाइ दिँदै सबै संचार माध्यमले बालमैत्री कार्यक्रम प्रसारणलाई प्राथमिकता दिनु पर्ने बताए ।
नबिल बैंकको १०० औँ एटिएम सेवा सञ्चालनमा
काठमाडौं । नबिल बैंकको १०० औँ एटिएम सेवा सञ्चालनमा आएको छ । बैंकले बुधबार एकैदिन बुढानिलकण्ठको रुद्रेश्वर चोक, पुतलिसडक, बिरगंजको होटेल भिशुवा तथा लुम्बिनीको पर्सा चोकमा एटिएम सेवाको सञ्चालन गरेको हो । बैंकले सो स्थानका स्थानीय वासिन्दाहरुको सेवा सुविधाका लागि आफ्नो एटिएम सेवा थप गरेको हो । यस संगै बैंकको एटिएम संजाल काठमाडौं उपत्यका भित्र ५४ वटा र उपत्यका बाहिर ४६ वटा गरी कूल १०० वटा एटिएम संख्या पुगेको छ । भिषा कार्ड, माष्टर कार्ड, युनियन पे अन्तर्राष्ट्रिय कार्ड (स्थानीय तथा अन्तर्राष्ट्रिय) र एससिटि कुनै पनि कार्ड बाहकहरूले उक्त एटिएमहरुबँट नगद झिक्ने तथा एटिएमका अन्य सुविधाहरु उपभोग गर्न सक्ने बैंकले जनाएको छ । बैंकका अध्यक्ष शम्भु प्रसाद पाैड्याले १००औं एटिएमको उद्घाटन गर्दै भने ‘ग्राहक सुविधा उपलब्धताको लागि धेरै सेवा केन्द्र विस्तार गर्ने प्रतिबद्धता अनुरुप चार एटिएम थप गर्दा हामीलाई खुशि लागेको छ । व्यवसायिक र प्रभावकारी बैंकिङ सुविधाहरु प्रदान गर्न र समाजका बृहत एवं छरिएर बसेका समुदायको बैंकिङ्ग आवश्यक्ता घरदैलोमै परिपुर्ति गर्ने तथा सधैं उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता रहनेछ ।’
एनआइसी एसिया बैंकको ब्राण्ड एम्बेसडरमा नायिका मनिषा कोइराला नियुक्त
काठमाडौं । एनआइसी एसिया बैंकको ब्राण्ड एम्बेसडरमा नायिका मनिषा कोइराला नियुक्त भएकी छिन् । बैंकले बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै नायिका कोइरालालाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो । बैंक २० वर्ष पुगेको अवसरमा बैंकको छवि अझ उचाईमा पुर्याउन तीन दशकदेखि अभिनय यात्रामा सफल अभिनेत्री कोइरालालाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले बताए । ‘बैंक पनि २० बर्ष पुगेको छ, अभिनयको क्षेत्रमा तीन दशक काम गरेर सफलता कमाउनु भएकी अभिनेत्री कोइरालाई ब्राण्ड एम्बेसडर बनाएर अझै उचाईमा पुग्ने लक्ष्य छ’, बैंकका प्रमुख कार्यकारी अधिकृत रिसालले भने । ब्राण्ड एम्बेसडर नियुक्त भएकी नायिका कोइरालाले पनि बैंकको भिजन राम्रो लागेकोले सहकार्यको प्रस्ताव स्वीकार गरेको बताईन् । ‘पुरानो बैंक, ठूलो नेटवर्क भएको र राम्रो भिजन पनि देखेपछि ब्राण्ड एम्बेसडर बन्न राजी भएको हुँ’ नायिकका कोइरालाले भनिन् । कार्इराला अागामी दुर्इ वर्षकाे लागि अनुबन्धित भएकाे बैंकले जनाएकाे छ । एनआइसी एसिया बैंकले पछिल्लो समय आक्रामक रुपमा बजार विस्तार गरिरहेको छ । निकट भविष्यमै ३ सय वटा शाखा सञ्जाल पुर्याउने र आम मानिसको पहुँचमा बैंकलाई स्थापित गर्ने उदेश्य तय गरिएको सहायक प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले बताए ।
कुमारी बैंक र राम्रो रेमिटबीच विप्रेषण सम्झौता
काठमाडौं । कुमारी बैंक लिमिटेड र राम्रो रेमिट प्रा.लि. बीच विभिन्न मुलुकबाट आएको विप्रेषणको भुक्तानी सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा कुमारी बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत राजेश श्रेष्ठ र राम्रो रेमिट प्रा.लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले हस्ताक्षर गरेका छन् । यस सम्झौता अनुसार राम्रो रेमिट मार्फत विश्वका विभिन्न मुलुकबाट आएको विप्रेषणको रकम अब कुमारी बैंकले आफ्ना सम्पूर्ण शाखाहरुबाट र कुमारी रेमिटका ऐजन्ट मार्फत सम्बन्धित व्यक्तिहरुलाई भुक्तानी गर्नेछ ।
सुगर रोग पत्ता लगाउने ओटो मोबाईल फोन बजारमा, मूल्य ३४ सय ९६ रुपैयाँ मात्र
काठमाडौं । जयमा इन्टरकन्टिनेन्टल प्रा.लि.ले सुगरको रोग पत्ता लगाउने डिजिटल इलेक्ट्रोनिक प्रविधिको ओटो मोबाइल फोन नेपाली बजारमा ल्याएको छ । बुधबार कम्पनीले राजधानीको होटल अन्नपुर्ण होटलमा पत्रकार सम्मेलन गरि उक्त फोन पहिलो पटक नेपाली बजारमा ल्याएको हो । कम्पनीका अनुसार यो फोन दक्षिण एसिया कै सबै भन्दा पहिलो सुगर रोग पत्ता लगाउने फोन हो । उक्त फोनमा ल्यान्सिङ यन्त्र, ल्यान्सेट र स्ट्राइपको प्रयोग गरेर सुगर रोग पत्ता लगाउन सकिने जानकारी दिइएको छ । कार्यक्रममा कम्पनीका सेल्स म्यानेजर सचिन राजले यस फोन चलाउँदा साबुन पानीले हात धोएर मात्र चलाउन पर्ने बताएका छन् । जि.पि.आर.एस मात्र चल्ने यस फाेनकाे बजार मूल्य ३४ सय ९६ रुपैयाँ पर्ने कम्पनीले जनाएकाे छ । यस फोन उपभोक्ताको चाहाना र इच्छा अनुसार सिंगापुरमा डिजाइन भएर आएको हाे । साथै, यस फोन सुगर परिक्षणको लागी उपयुक्त भएको कुरा अमेरिकाले प्रमाणित गरेको कम्पनीले जनाएको छ ।